निजामती कर्मचारीको भन्दा शिक्षकले बढी तलब पाउनु पर्छ : पूर्व शिक्षा मन्त्री पौडेल

आइतबार, पुस ८, २०८०

काठमाडौं । पूर्व शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले निजामती कर्मचारीको तुलनामा कम्तिमा एक रुपैयाँ भएपनि शिक्षकको तलब बढी हनुपर्ने बताएका छन् ।
आइतबार प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिमा विद्यालय शिक्षा विधेयकमाथिको सैद्धान्तिक छलफलमा उनले,राज्यले निजामती कर्मचारीको तुलनामा ‘एक रुपैयाँ भएपनि’शिक्षकको तलब बढी राख्न नसके शिक्षा प्रणली सुधार नहुने बताएका हुन् । 
उनले भने, ‘ एक रुपैयाँ भए पनि शिक्षकको तलब बढी हुनुपर्छ भन्ने पक्षमा छु म । एक रुपैयाँ ठूलो कुरा होइन राज्यले त्यसरी प्रोत्साहन नदिने हो भने शिक्षा प्रणाली सुर्धान सकिँदैन।’
उनले शिक्षकले उठाएका माग एक पटकका लागि अन्तिम भनेर भए पनि सम्बोधन गर्न पर्नेमा जोड दिए । 

Photo-(1)-1703420942.jpg

प्रकाशित मिति: आइतबार, पुस ८, २०८०  १८:२७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार