डिजिटल पूर्वाधारमा लगानी बढाउन आवश्यक : मन्त्री शर्मा

शनिबार, पुस ७, २०८०

धनकुटा । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकको तीब्र विकासका लागि डिजिटल पूर्वाधारमा लगानी बढाउनुपर्ने बताएकी छन् । 
मध्यपहाडी राजमार्गअन्तर्गत कोशी खण्डअन्तर्गत धनकुटाको हिले एक्सचेन्ज सेन्टरमा सूचना महामार्ग अप्टिकल फाइबर नेटवर्क उद्घाटन गर्दै उनले देश विकासका लागि डिजिटाजेसन आवश्यक रहेको र डिजिटाइजेसनका लागि डिजिटल पूर्वाधारको विकास अनिवार्य रहेको बताइन् ।
नेपाल दूरसन्चार प्राधिकरणको ग्रामीण दूरसन्चार विकास कोषको लगानीमा नेपाल टेलिकमले ६८३ किलोमिटर सडकमा अप्टिकल बिछ्याएपछि यो खण्डमा सूचना महामार्ग तयार भएको हो ।


यो महामार्गको सह प्रयोगबाट जुनसुकै इन्टरनेट सेवा प्रदायक कम्पनीले पनि इन्टरनेट सेवा विस्तार गर्न पाउने छन् ।
उनले सरकारले सूचना प्रविधिको विकास र प्रयोगलाई उच्च प्राथमिकतामा राखेको जानकारी दिदै सूचना प्रविधिको आधारभूत पूर्वाधार दूरसञ्चार नै भएको उल्लेख गरेकी छिन् ।
यसमा पनि अझ अप्टिकल फाइवरमा आधारित फाइवर टु द होम सेवा विस्तारलाई जोड दिएको उल्लेख गर्दै उनले यो वर्षमा मात्रै सरकारले ताप्लेजुङ, बझाङ, बाजुरा, रुकुमपश्चिम, जुम्ला र कालीकोटमा सेवा विस्तार गरेर (एफटिटिएच पुुगेका जिल्लाको संख्या ७३ पुर्याएको जानकारी दिएकी छिन् ।


नेपाल टेलिकममार्फत प्रारम्भ गरिएको फोरजी सेवा ७३९ स्थानीय तहमा पुर्याइएको र देशको कूल ६७ प्रतिशत क्षेत्रमा फोरजी सेवा विस्तार गरिएको भन्दै यसलाई शत प्रतिशत क्षेत्रमा विस्तार गर्न आवश्यक रहेको पनि उनको भनाई छ । 
उनले नेपाल टेलिकमबाट वितरण भएका सम्पूर्ण सेवाहरुको मर्मत सम्भारलाई थप चुस्त र प्रभावकारी बनाउन विहान ७ देखि साँझ ७ बजेसम्मको मर्मत सेवा सञ्चालन गर्ने व्यवस्था मिलाइएको जानकारी दिएकी छिन् 
मन्त्री शर्माले नेपाल टेलिकमबाट वितरण भएका सम्पूर्ण सेवाहरुलाई नमूना दूरसञ्चार सेवाको रुपमा विकास गर्नका लागि १९ जिल्लालाई छनौट गरी पूर्वाधार विस्तार, सेवाको पहुँच, सेवाको गुणस्तर, मर्मत सम्भार सेवाको वितरण प्रभावकारी बनाउने व्यवस्था मिलाइएको बताइन् । नमूना जिल्ला कार्यक्रमले ती जिल्ला मात्र होइन, आसपासका जिल्लाहरुमा पनि सेवा सुधार गर्न सहयोग पुग्ने उनको विश्वास छ । 

प्रकाशित मिति: शनिबार, पुस ७, २०८०  १६:१४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार