प्रधानमन्त्री कुलपति हुने व्यवस्था परिर्वतन हुन्छ  : शिक्षा मन्त्री राई

शुक्रबार, पुस ६, २०८०

काठमाडौं ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले, प्रधानमन्त्री विश्वविद्यालयको कुलपति हुने व्यवस्था परिर्वतन हुने बताएका छन् ।

प्रतिनिधि सभा अन्तरगत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा उनले  प्रधानमन्त्रीलाई कुलपति राख्न हुन्न भनेर प्रधानमन्त्रीले नै बारम्बार भनिरहेको भन्दै सक्षम व्यक्तिलाई कुलपति बनाउने प्रावधानसहितको विधेयक निर्माण गर्ने बताए।

विश्वविद्यालयको प्रगति बाधकको अवस्था हुने भयो, नीति निर्मार्णको जिम्मेवारी छुट्टै हुन्छ विश्वविद्यालयको छुट्टै त्यसकारण यो सबै जिम्मेवारी लिनु रहरको विषय पनि होइन, र अब सहकुलपति, कुलपति, उपकुलपति र पदाधिकारीको जिम्मेवारी निर्वाह गर्न सक्ने सक्षम जनशक्ति हामीसँग पर्याप्त पनि छ ।’ उनले भने ‘मैले भनेको छु । नयाँ विश्वविद्यालयको विधेयकहरु आईरहेका छन्, संरचनात्मक हिसाबले प्रधानमन्त्री कुलपति हुने, शिक्षा मन्त्री सहकुलपति हुने त्यो मोडालिटीबाट बाहिर छौँ। त्यो राष्ट्रिय सभाले पारित गरेको छ अब प्रतिनिधिमा आउँछ होला ।’

त्यस्तै उनले विश्व विद्यालय सञ्चालनको परम्परागत पद्धतिलाई परिवर्तन गरेर जाने बताए । उनले भने ‘ नेपालमा भएको विश्वविद्यालय भन्दा पनि अझै बढि विश्वविद्यालय बढाउनु पर्ने अवस्था छ तर विश्वविद्यालय बढाउने भनेर बेतिथि बढाउने हिसाबले जानु हुदैँन् । गुणको सुनिश्चितता हुनुपर्यो, व्यवस्थामा चल्नु पर्यो भन्ने निष्कर्षमा पुगेका थियौं ।’

विश्वविद्यालयमा भएका कमी कमजोरी सुधारका लागि सबैको सहकार्य जरुरी रहेको उनको भनाई छ ।

प्रकाशित मिति: शुक्रबार, पुस ६, २०८०  २१:०७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार