सूचना प्रविधिको क्षेत्रमा नेपालले विश्वसँग प्रतिस्पर्धा गर्न सक्छ : मन्त्री शर्मा

शुक्रबार, पुस ६, २०८०

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सूचना प्रविधिको क्षेत्रमा नेपालले विश्वसँग प्रतिस्पर्धा गर्न सक्ने तर्क गरेकी छन् । 
शुक्रबार द सोल्टी काठामाडौंमा आयोजना भएको अपग्राड आईसीटी अवार्ड २०२३ मा बोल्दै प्रमुख अतिथि शर्माले, उनले नेपालले अन्य उद्योग धन्दाभन्दा सूचना प्रविधिको क्षेत्रमा विश्वसँग प्रतिस्पर्धा गर्न सक्ने तर्क गरिन् । 
देशको आर्थिक रूपान्तरणका लागि सूचना प्रविधिको विकास आवश्यक भएको उनको भनाइ छ । कार्यक्रममा बोल्दै शर्माले आईसीटीले अवार्डले यस क्षेत्रमा काम गर्नेका लागि हौसला प्रदान गर्नुका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिभा देखाउन सघाउने जानकारी दिइन् ।
२०७६ सालमा सरकारले स्वीकृत गरेको डिजिटल नेपाल फ्रेमवर्कले आशातित गती लिन नसकेको उनले बताइन् । त्यसका लागि १६ औं योजनामा डिजिटल नेपाल फ्रेमवर्कलाई पुनरावलोकन गरेर राख्ने तयारी गरेको समेत जानकारी दिइन् ।

प्रकाशित मिति: शुक्रबार, पुस ६, २०८०  २०:१४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार