सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि नयाँ रणनीति बनाउँदै काठमाडौं महानगर

बिहीबार, पुस ५, २०८०

काठमाडौं । सुर्तीजन्य पदार्थको बेचबखिन र प्रयोगमा लगाएको रोक अदालती आदेशपछि कार्यान्वयन गर्न नपाएको काठमाडौं महानगरपालिकाले नयाँ रणनीति ल्याउने भएको छ । 
यसका लागि तयारी भइरहेको महानगरका स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलले बताएका छन् । महानगरले मंसिर २७ देखि ३२ वटै वडामा सुर्तीजन्य पदार्थको बिक्री, वितरण र प्रयोगमा रोक लगाएको थियो । उक्त बन्देजलाई चुनौती दिँदै परेको रिटमा तीन दिन नपुग्दै उच्च अदालत पाटनले तत्काल उक्त निर्णय कार्यान्वयन नगर्न महानगरलाई आदेश दिएको थियो ।
अदालती आदेशको सम्मान गर्दै अब सुर्तीजन्य पदार्थको बिक्री र प्रयोगमा नयाँ रणनीतिसहित जान छलफल भइरहेको प्रमुख पौडेलले बताए । ‘सुर्तीजन्य पर्दाथका कारण रहेको ठूलो समस्या कसैबाट लुकेको कुरा होइन । हामीले रोक लगाएको दुई दिनमा करिब २ सय किलो जफत पनि गरेका हौं,’ उनले भने, ‘जनस्वास्थ्यमा परेको प्रतिकूल प्रभाव रोक्न, सहरी सौन्दर्य कायम राख्न र वातावरणीय असर न्यूनीकरण गर्न पनि यो जरुरी छ ।’ विकल्प के हुन सक्छन् भन्नेमा भइरहेको छलफलपछि महानगर नयाँ तरिकाबाट अघि बढ्ने उनले बताए । 
महानगरले जफत गरेको सुर्तीजन्य पदार्थ व्यापारीलाई फिर्ता दिएको छैन ।  अदालतले महानगरलाई बन्देज कार्यान्वयन नगर्न आदेश गरे पनि मंसिर २७ पछि राजधानीका विभिन्न स्थानमा सुर्तीजन्य पदार्थको बिक्री र प्रयोग भने घटेको छ । 

दुई सय केजी सुर्तीजन्य पदार्थ जफत 
काठमाडौं महागरले मंसिर २७ गते ३२ वटै वडामा सुर्तीजन्य पदार्थको बिक्री, बितरण,प्रयोग र कारोबारमा रोक लगायो । रोक लगाएको तीन दिन नपुग्दै उच्च अदालत पाटनल भने तत्काल रोक नलगाउन महानगरलाई आदेश दियो । महानगरमा सुर्तीजन्य पदार्थको बिक्रीवितरणमा रोक लगाउने महानगरपालिकाको निर्णयले उद्योग व्यवसायमा प्रतिकूल असर पर्न थाल्यो । र त्यसले ठूलो क्षति हुने देखिएपछि श्रीराम सुर्ती उद्योगसहित ११ वटा उद्योगहरुले उच्च अदालत पाटनमा महानगर विरुद्ध रिट दायर गरेको हो । 
महानगरको स्वास्थ्य भने विभागले मंसिर १२ गते जारी गरेको सूचनामा प्लास्टिकमा प्याक गरिएका सुर्तीजन्य पदार्थको बिक्री निषेध गर्ने भनिएको थियो । 


काठमाडौं महानगरपालिकाको जनस्वास्थ्य ऐन २०८० ले सुर्ती तथा मदिराजन्य पदार्थ बिक्रीमा रोक लगाउन सक्ने, बिक्रीका लागि खुल्ला क्षेत्र तोक्न सक्ने, बालबालिकाहरूलाई बेच्न नपाइने, सार्वजनिक स्थलहरूको चार किल्ला तोकेर त्यस वरपर सुर्तीजन्य र जंक फुड बिक्री निषेध गर्न सक्ने व्यवस्था गरेको छ । 
महानगरका स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलका अनुसार ‘हामीले दुई दिनको अन्तरालमा महानगरक्षेत्रभित्रका पसलहरू २ सय केजी सुर्तीजन्य पदार्थहरू जफत गरेका छौं,’ उनले भने, ‘यो कार्य जारी नै रहन्छ ।’ 
यस्तै,‘जनस्वास्थ्यमा परेको प्रतिकूल प्रभाव रोक्न, सहरी सौन्दर्य कायम राख्न र भूमि तथा वातावरणीय असर न्यूनीकरण गर्न महानगर क्षेत्रभित्र सुर्तीजन्य पदार्थमा रोक लगाइएको हो,’ सुर्तीजन्य पदार्थका कारण भूमि प्रदूषित हुने, ढल जाम हुने, फोहोर मैला बढ्न गई सहरको सुन्दरतामा प्रतिकूल प्रभाव पर्ने उनको भनाइ छ । ‘अदालतको आदेशलाई सम्मान गछौँ,तर सुर्तीजन्य पदार्थ रोक लगाउने अभियान जारी रहन्छ, यो विषय अत्यन्तै गम्भीर छ', उनले भने । यो अभियान महानगरबाट कार्यान्वन भइसकेको छ, तर अदालतले रोक नलगाउने भनेपछि अहिले हामी छलफल गरिहेका छौँ । बाँकी छलफल गरेरै अगाडि बढ्छौ’ उनले भने, ।
‘अहिले अदालतले रोक नलगाउने भनेपछि फ्याट्ट फुट्ट रुपमा कहि कतै व्यापारीले बिक्री बितरण गरिरहेकै छन्’ उनले भने । यस्तै, यस अभियानमा पत्रकार र मिडियाको ठूसहयोग र भूमिका रहेको समेत पौडेलले बताए ।


यता धेरैजसो व्यापारीले भने, महानगरको यो कामलाई स्वागतयोग्य रहेको बताएका छन् । सुनसरी बराह नगरपालिका वडा न.८ हाल काठमाडौंको अनामगर पसल थाप्दै बसेकी गीता दाहालले भनिन् । ‘हामीले यसअघि सुर्तीजन्य पदार्थ धेरै बेच्थेँ, महानगरले रोक लगाएपछि अहिले पसलमा सुर्तीजन्य पदार्थ नै ल्याउन छोडेका छौँ, महानगरको यो काम स्वागतयोग्य छ,किनभने यसअघि ग्राहक आउथेँ, पसलमा बसेर गुट्का,सुर्ती,खैनी र सुल्फा मुखमा राखेर रस लिने र जहीँ पायौँ, त्यहीँ थुक्ने गर्थेँ,अहिले त्यस्तो छैन् । सुनसान छ,शान्ति सफा पनि छ’ उनले भनिन् ।
यस्तै,अर्की सिन्धुपाल्चोक घर भई हाल काठमाडौंकै अनामनगरमा पसल थपेर बसेकी अप्सरा गिरीले पनि महानगरको यो काम निकै राम्रो भएको बताइन् । ‘हामीलाई यो सुर्तीजन्य पदार्थ बिक्री गरेर कुनै फाइदा नहुने र ग्राहक मात्रै आउलान्, भन्ने हेतुले उक्त समान बेच्थेँ, अब महानगरले नै रोक लगाईसकेपछि झनै राम्रो भयो, यसका लागि महानगरलाई धन्यावाद दिन चाहान्छु,’ उनले भनिन् ।

प्रकाशित मिति: बिहीबार, पुस ५, २०८०  २१:३८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार