कोरोना संक्रमणको नयाँ भेरियन्ट जेएन.१ विश्वका ४० देशमा फैलियो 

बिहीबार, पुस ५, २०८०

काठमाडौं । कोरोना भाइरसको नयाँ संक्रमण जेएन.१ भेरियन्ट फेला परेसँगै चिन्ता बढ्न थालेको छ ।  कोरोनाको नयाँ सब–भ्यारियन्ट जेएन.१ भेरियन्ट विश्वका ४० देशमा फैलिएको छ । यो संक्रमणबाट भारतमा अहिलेसम्म २१ जना संक्रमित भएका छन् । तीमध्ये गोवामा १९ र केरला–महाराष्ट्रमा १–१ जनामा संक्रमण देखिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले बुधबार यसलाई ‘भ्यारिएन्ट अफ इंटरेस्ट’ मा समावेश गरेको छ । तर, यसले मानिसलाई खासै खतरा नरहेको पनि बताइन्छ । अहिलेसम्म भेटिएका केसहरुको विश्लेषणले हालको खोप यसमा पनि पूर्ण प्रभावकारी रहेको बताइएको छ । 
डब्लुएचओले सावधानीका रूपमा एक सल्लाह जारी गरेको छ । जसमा मानिसहरूलाई भीडभाड नगर्न तथा प्रदूषित हावा भएको क्षेत्रमा मास्क लगाउन सल्लाह दिइएको छ।  साथै आवश्यक दूरी कायम गर्न पनि भनिएको छ ।

प्रकाशित मिति: बिहीबार, पुस ५, २०८०  ०७:४९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार