उपत्यकाको फोहार व्यवस्थापनका लागि सरकार गम्भीर छ : प्रधानमन्त्री दाहाल 

सोमबार, पुस २, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौँ उपत्यकामा देखिएका फोहोर व्यवस्थापनका लागि सरकारले पहल गरिरहेको बताएका छन् । 
सोमबार ललितपुर महानगरपालिकाको १०५ औैं स्थापना दिवसको स्थापना दिवसको अवसरमा बोल्दै प्रधानमन्त्री दाहालले फोहोरको दिर्घकालिन समाधानका लागि पहल गरिरहेको बताएका हुन् । 
‘काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन र खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि मेरै नेतृत्वमा पहल भइरहेको छ ।’, उनले भने,  ‘यसका लागि तीनै तहको सरकारबिच समन्वय र सहकार्य हुन आवश्यक छ, 
उनले विकास निर्माण, सांस्कृतिक सम्पदाको संरक्षण एवं संवद्ध्रनका लागि स्थानीय तहले खेलेको भूमिका महत्वपुर्ण रहेको बताउँदै प्रशंसा गरे । 
प्रधानमन्त्री प्रचण्डले स्थानीय तहहरुको विकास निर्माणका सहयोग गर्न सरकार तयार रहेको बताए । 
यसअघि कार्यक्रममा बोल्दै काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द शाहले उपत्यकाको फोहोर व्यवस्थापनको सवालमा संघ सरकारलेसहजीकरण गरिदिनुपर्ने भन्दै प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराएका थिए ।

प्रकाशित मिति: सोमबार, पुस २, २०८०  १७:३७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार