अध्ययन प्रतिवेदन भन्छ, ‘काठमाडौं महानगरमा एक सय ५४ ढुंगेधारा छन्’ 

६१ वटामा पानी आउँछन् , ५० मा पानी आउँदैनन् 
शनिबार, मंसिर ३०, २०८०

ललितपुर । काठमाडौं महानगरभित्र एक सय ५४ वटा ढुंगेधारा रहेको एक अध्ययनले देखाएको छ । अलान फाउन्डेसनले गरेको अध्ययन प्रतिवेदनमा ले ६१ वटा पानी आउने, ५० वटा पानी नआउने, संकटमा परेका (लोप हुन लागेको अवस्थामा पुगेका) १० वटा, हराएका २१ वटा र फेला नपरेका १२ वटा उल्लेख छ । अध्ययनका क्रममा हिटीलाई यी ५ प्रकारमा बाँडेर तथ्यांक संकलन गरिएको थियो । प्राप्त विवरण अनुसार एक सय २१ हिटी भौतिक रुपमा भेटिएका छन् ।

WhatsApp-Image-2023-12-16-at-19.34.21-(1)-1702743378.jpeg३३ वटाले आफ्नो निशान गुमाइसकेका छन् । वडागत रुपमा हेर्दा वडा नंं. १५ र ३२ वडामा १२ -१२वट हिटी छन् । वडा नं. ११, २२ , २३, २४ , २५ र २७ वडामा वडामा एउटा पनि हिटीको अभिलेख भेटिएन । वडा नं। १२ र १३ मा १ -१ वटा, वडा नंं. ३, २१ र २९ मा २-२वटा, वडा नं. २ र ३० मा ३-३वटा हिटी छन् । वडा नंं. ५, २८ र ३१ मा ४-४ वटा, वडा नं. २० मा ५ वटा, वडा नं. १, ८, १९, २६ मा ६-६वटा हिटी छन् । वडा नंं. १८ मा ७ वटा, वडा नं. ४ र ७ मा ८÷वटा, वडा नं. १० मा १३ वटा हिटी छन् । 

WhatsApp-Image-2023-12-16-at-19.37.25-1702743380.jpeg
धारामा पानी आइरहेको, पानीको निकास राम्रो भएको, हिटीको पानी प्रयोग भइरहेको , हिटी र यसको परिसर संरचना कायम भएको हिटीलाई काम गर्ने प्रकारमा राखिएको थियो । पानीको प्रवाह नभएका हिटीलाई काम गर्ने हिटीका रुपमा राखिएको थियो । बेलैमा ध्यान नदिए लोप हुने जोखिममा रहेका हिटीलाई संकटमा रहेका (लोपोन्मुख) वर्गमा राखिएको थियो । अवलोकनका समयमा हिटीको संरचनामा क्षति पुगेको, पानीको बहाव स्थितिलाई ध्यान नदिइ वनस्पति वा अन्य वस्तु राखिएको, अन्य कुनै संरचना र क्रियाकलापले हिटीको अस्तित्वलाई बाधा गरेको हिटीलाई यस वर्गमा राखिएको थियो । हिटी थियो भनिएको ठाउँमा अवलोकन गर्दा हिटीको कुनै दृश्य प्रमाण फेला नपरेको र यस अघिको तथ्यांकमा पनि नभेटिएको हिटीलाई हराएको वर्गमा राखिएको थियो । यस अघिको तथ्यांकमा उल्लेख भएको तर अहिले स्थलगत रुपमा हेर्दा नदेखिएको लाई फेला नपरेकोमा राखिएको थियो ।

प्रकाशित मिति: शनिबार, मंसिर ३०, २०८०  २२:०४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार