महानगर दिवसमा प्रधानमन्त्रीले भने, ‘ देशमा आमूल परिवर्तनको अभ्यास भैरहेको छ’

शुक्रबार, मंसिर २९, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बितेको दशकमा देशमा आमूल परिर्तन भएको चर्चा गर्दै परिवर्तनको अभ्यास भइसकेकोबताएका  छन् । 
शुक्रवार काठमाडौं महानगरपालिकाको २९ औं महानगर दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले आजको दिनले देशमा स्थानिय शासनको प्रारम्भ गरेको मानकका रुपमा आफ्नो पहिचान स्थापित गरेको बताए । 
२९ औं महानगर दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री दाहालले भने, ‘२०५२ साल मंसिर २९ गतेलाई मैले महानगर घोषणा दिवसका रुपमा मात्र स्मरण गर्न चाहन्न । यस दिनले साँचो अर्थमा देशमा स्थानिय शासनले प्रारम्भ गरेको मानकका रुपमा आफ्नो पहिचान स्थापित गरेको भन्ने मैले महसुस गरेको छु । काठमाडौं महानगरपालिले गौरव प्राप्त गरेको २९ औं वर्ष मनाइरहँदा यो देशले यो तीन दशकमा आमूल परिवर्तन र अभ्यास गरिसकेको छ ।’
संघीयता पश्चात देशमा दुई वटा स्थानीय तहका निर्वाचनहरु सम्पन्न भैसकेको स्मरण गर्दै उनले यी निर्वाचनले संघीय लोकतान्त्रीक गणतन्त्रलाई सुदृढ गर्दै स्थानीय तहको सबलीकरणमा महत्वपूर्ण योगदान पुर्याएको उल्लेख गरे। 
‘२०७९ को निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुले ७ सय ५३ स्थानीय तहको नेतृत्व गरिरहनुभएको छ । स्थानीय सरकार मार्फत आ–आफ्ना नगर तथा गाउँपालिकामा सेवा प्रवाह, स्थानीय विकास, सामाजिक सशक्तिकरण, सांस्कृतिक जागरण, स्थानीय शिक्षा, स्वास्थ्य, कृषि तथा पशुपालनका क्षेत्रमा उल्लेखनीय प्रगति गर्नुभएको छ ।’ उनले भने, ‘प्रधानमन्त्रीको हैसियतले काठमाडौंमहामनगरपालिकाको यो मञ्चबाट मेरो नेतृत्वको सरकारले स्थानीय तहको जग अझ मजबुत बनाउन, अझ सुदृढ बनाई संविधानको मर्म र भावना अनुरुप स्रोत साधनको व्यवस्था र स्थानीय सरकारको मान्यता अनुसार अधिकार सम्पन्न तुल्याउन थप प्रभावकारी काम गर्ने विश्वास पनि व्यक्त गर्न चाहन्छु।’
संविधानलाई सुदृढ तुल्याउन कानूनहरुको निर्माण आफ्नो पहिलो प्राथमिकतामा रहेको उनको दाबी थियो । 
संवैधानिक अभ्यासमा थप परिपक्वता ल्याउन काठमाडौं महानगरपालिका र देशका अन्य स्थानीय तहलाई सरकार प्रष्ट र दृढ रहेको विश्वास दिलाउँदै उनले भने, ‘काठमाडौं देशको राजधानी मात्र नभएर विश्वकै प्राचीन शहरमध्येको एक सांस्कृतिक शहर पनि हो । यहाँ विद्यमान विशेषता बोकेका कला, जीवनशैली, खानपानले काठमाडौंलाई विश्वसामु चिनाएको छ ।’
 

प्रकाशित मिति: शुक्रबार, मंसिर २९, २०८०  १४:५५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार