लामाटारको सामुदायिक विद्यालयका विद्यार्थीलाई बेबिलोन स्कुलको न्यानो लुगा उपहार (फोटो फिचर)

शुक्रबार, मंसिर २९, २०८०

काठमाडौं । ब्रिटिस काउन्सिलबाट दुईपटक ‘इन्टरनेशनल स्कुल एवार्ड’ जितेको राजधानीको शान्तिनगरस्थित बेबिलोन नेशनल स्कुलले बिहीबार ललितपुर, लामाटारका दुईवटा सामुदायिक विद्यालयका विद्यार्थीलाई न्यानो नयाँ लुगा उपहार दिएको छ । 
विद्यालयको सामाजिक उत्तरदायीत्व कार्यक्रम अन्तर्गत महालक्ष्मी नगरपालिका वडा नं ९ लामाटारको ढुंगिनस्थित सिस्नेरी मावि र सोही वडाको सिस्नेरीस्थित श्रृंगेरी माविका सानो कक्षाका ८७ जना विद्यार्थीलाई बेबिलोन स्कुलले करिब एकलाख २५ हजार रुपैयाँ बराबरको नयाँ ट्रयाक सुट, टिसर्ट र स्विटर उपहार दिएको हो । 

school 2-11702598302.jpg
पत्रकार बलराम प्यासीको पहल तथा सो वडाका अध्यक्ष जयकृष्ण बोगटीको समन्वयमा ती विद्यालयका विद्यार्थीलाई न्यानो लुगा दिइएको हो । 
बेबिलोनका कार्यक्रम निर्देशक टिकाप्रसाद सुवेदीको नेतृत्वमा कक्षा शिक्षिका अरुणा महर्जनसहित गएका ५ कक्षाका ३० जना विद्यार्थीले ती दुवै विद्यालयका प्राथमिक कक्षाका विद्यार्थीलाई ती न्यानो लुगा वितरण गरेका थिए । 
वडाध्यक्ष जयकृष्ण बोगटी तथा वडाका सबै वडा सदस्यहरूको उपस्थितिमा सिस्नेरी माविका ४१ र श्रृंगेरी माविका ४६ जना विद्यार्थीलाई हस्तान्तरण गरिएको थियो । 

school 1-21702598282.jpg
वडाध्यक्ष बोगटीले जाडो मौसमको सुरुमै बेबिलोन स्कुलले साना विद्यार्थीलाई गुणस्तरीय न्यानो लुगा उपलव्ध गराएकोमा बेबिलोन स्कुलको प्रशंसा गरे ।
न्यानो लुगा हस्तान्तरण कार्यक्रममा पत्रकार बलराम प्यासीको साथै बेबिलोन स्कुलका कार्यक्रम निर्देशक टिकाप्रसाद सुवेदी, शिक्षक अभिभावक अध्यक्ष सोफिया सिंह ठकुरी, ढुंगिन टोल विकास समितिका अध्यक्ष कृष्णशरण पौडेल, महालक्ष्मी नगरपालिकाकी कार्यपालिका सदस्य सरिता पोखरेल र कुमार बयलकोटी तथा वडा सदस्यहरू शशिधर पोखरेल, रामकेशर थापा र बेली सुर्खेती सहभागी थिए । 
सिस्नेरी माविका प्रधानाध्यापक डा.चेतनाथ पन्त र शिक्षक दामोदर आचार्यले जाडोको मौसममा आफ्ना विद्यार्थीलाई न्यानो लुगा उपलब्ध गराएर उदाहरणीय काम गरेको भन्दै बेबिलोन स्कुल परिवारलाई धन्यवाद दिए । 

school 1-41702598297.jpg
यसैगरी वडाध्यक्ष बोगटी र वडा सदस्यहरूको उपस्थितिमा श्रृंगेरी मावि सिस्नेरीका ४६ जना साना विद्यार्थीलाई पनि आजै ट्रयाकसुट, टिसर्ट र स्विटर उपहार हस्तान्तरण गरिएको छ । 
न्यानो लुगा उपलब्ध गराउने दाता बेबिलोन नेशनल स्कुल र हस्तान्तरण कार्यक्रममा उपस्थित भएका कार्यक्रम निर्देशक, शिक्षक तथा विद्यार्थीहरुलाई श्रृंगेरी माविकी प्रधानाध्यापिका सुनिता छत्कुली र शिक्षक माधव चन्दले धन्यवाद दिए । 

scool 2-21702598312.jpg

प्रकाशित मिति: शुक्रबार, मंसिर २९, २०८०  ०५:४१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार