गृहिणीका स्तन र पाठेघर जाँच्न नेपाल क्यान्सर अस्पताल हरिसिद्धिको टोली गुल्मीको तम्घासमा

बुधबार, मंसिर २७, २०८०

ललितपुर । नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर हरिसिद्धि, ललितपुरको विशेषज्ञ चिकित्सक टोली गुल्मीको सदरमुकाम तम्घासका गृहिणीहरुको स्तन र पाठेघरको मुखको क्यान्सर पत्ता लगाउन तम्घास पुगी उनीहरुको निःशुल्क स्वास्थ्य परीक्षण गरेको छ । निजामति कर्मचारी श्रीमती संघ अनामनगर, काठमाडौंको आयोजना तथा नेपाल क्यान्सर सहयोग समूह र उपचारका लागि सहयोगी हातहरूको सहयोगमा विशेषज्ञ चिकित्सक टोली पहिलोपल्ट निःशुल्क शिवीर सञ्चालन गर्न तम्घास पुगेको थियो । 

nch1702470834.jpg
तम्घासस्थित महेन्द्र मोडेल सेकेण्डरी स्कुलमा आयोजित स्थानीय गृहिणीहरुको पाठेघर तथा स्तन क्यान्सर सम्वन्धि निःशुल्क शिवीरमा क्यान्सरको लक्षण देखिएकाहरुलाई तत्काल उपचारको लागि नजिकको अस्पताल या क्यान्सर अस्पतालमा जान सुझाइएको उपचारका लागि सहयोगी हातहरूकी कोषाध्यक्ष रेजिना मुल्मीले बताइन् । 

upac1702470836.jpg
नेपाल क्यान्सर अस्पतालका स्त्रीरोग विशेषज्ञ डा.अनुषा शर्मा, मेडिकल अफिसरहरु डा.विजिता शर्मा, आरसी अमात्य, नर्स शिला बस्नेत र धनदेवी महर्जनले गत शनिबार बिहान ९ देखि ६ बजेसम्म २५० जनाको स्वास्थ्य परीक्षण गरी निःशुल्क औषधि वितरण रस्वास्थ्य परामर्श दिएका थिए ।
शिविरमा नेपाल क्यान्सर अस्पतालकी निर्देशक एवम् उपचारका लागि सहयोगी हातहरू संस्थाकी अध्यक्ष स्वरुपा श्रेष्ठ, नेपाल क्यान्सर सहयोग समूहका अध्यक्ष दिलिप भट्टराई,कोषाध्यक्ष रेजिना मुल्मी,निजामती कर्मचारी श्रीमती संघकी अध्यक्ष अन्जु अर्याल, नेपाल क्यान्सर अस्पतालका बजार व्यवस्थापक स्वयम् विक्रम शाह, सहयोग समूहकी रोजिना थापा लगायतले स्वयम्सेवा गरेका थिए ।

sworu1702470836.jpg

प्रकाशित मिति: बुधबार, मंसिर २७, २०८०  १८:१६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार