सस्पेन्स थ्रीलर कथामा चलचित्र ‘११ः५५’ निर्माण गर्ने घोषणा

बिहीबार, मंसिर २१, २०८०

काठमाडौं । नेपाली चलचित्र ‘११ः५५’ को निर्माण घोषणा भएको छ ।  बिहीबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी निर्माण टिमले ‘११ः५५’ को औपचारिक घोषणा गरेको हो ।
केशव पाण्डेको निर्देशनमा तयार हुने चलचित्र सस्पेन्स थ्रीलर कथाबस्तुमा आधारित रहने जनाइएको छ ।
चलचित्रमा कलाकारहरू सृष्टि श्रेष्ठ, महेश त्रिपाठी, करिश्मा श्रेष्ठ, सागर खनाल, विशाल पहरी, बुद्धि तामाङलगायतको अभिनय रहने छ । 


एमएस अग्रज कार्यकारी निर्देशक रहेको चलचित्रमा श्याम शर्मा र सरोजा शर्मा निर्माताका रुपमा छन् । 
चलचित्रमा अल्मोदा राना उप्रेती र कुशल आचार्यको संगीत रहने छ भने कोरियोग्राफी कबिराज गहतराजको रहनेछ । चलचित्र   शनिबारबाट फ्लोरमा जाने जनाइएको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर २१, २०८०  १६:४३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार