कलेजो र मिर्गाैला प्रत्यारोपण गरेकी सोनालाई ६ लाख ६६ हजार रुपैयाँ उपचार सहयोग प्रदान

सोमबार, मंसिर १८, २०८०

ललितपुर । भाउजुको एउटा मिर्गाैला र श्रीमान्को एक टुक्रा कलेजो जोडेर दोस्रो जीवन पाएकी चितवनकी ३३ वर्षिया सोनाकुमारी थापा भुजेललाई उनका मामा दुर्गाबहादुर थापाको पहलमा हङ्गकङ्गबाट संकलित ६ लाख ६६ हजार ५०० रुपैयाँ सोमबार हस्तान्तरण गरिएको छ ।
हङ्गकङ्गस्थित पर्वतको पैयुँखोला समाजका निवर्तमान अध्यक्ष समेत रहेका समाजसेवी मामा दुर्गाबहादुरले समाजका पदाधिकारीहरुका साथै हङ्गकङ्गको इङ्गलोङ्ग र जोर्डनमा बस्ने पर्वतका हितैषि, मित्र र शुभचिन्तकका साथै चिनियाँ मित्रहरुबाट सो रकम संकलन गरेका थिए ।
संकलित रकम किस्ट मेडिकल कलेज शिक्षण अस्पताल ग्वार्काेमा सोमबार आयोजित एक कार्यक्रममा सोनालाई मिर्गाैला दिने भाउजु मञ्जुकुमारी, कलेजो दिने पति निरचन्द्र भुजेल र मेडिकल कलेजका प्रमुख कार्यकारी अधिकृत अमिश पाठकको उपस्थितिमा सो रकम मामा दुर्गा बहादुरले भान्जी सोनालाई हस्तान्तरण गरेका हुन् ।

25000 shayog1701687355.jpg
सोही अवसरमा नेदरल्याण्ड निवासी सोनाकी सानीमा मीना थापाले पनि सोनालाई थप २५ हजार रुपैयाँ सहयोग हस्तान्तरण गरीन् ।
पैयुँखोला समाज हङ्गकङ्गका वर्तमान अध्यक्ष नीम बहादुर गुरुङ्ग, उनकी श्रीमती लक्ष्मी गुरुङ्ग, सचिव खुमबहादुर गुरुङ्ग, उनकी  श्रीमती शिलु गुरुङ्ग, समाजका निर्वतमान अध्यक्ष दुर्गा बहादुर थापा र उनकी श्रीमती शान्तिकुमारी थापा, छोरा सन्तोष थापा र पाल्पाका दिपक रानालगायतले हङ्गकङ्गमा रकम संकलनको थप पहल गरेका थिए । यसअघि सोनाको उपचारको लागि उनका अर्का मामा मनबहादुर क्षेत्रीको पहलमा बेलायत निवासी भिमलाल भट्टराईबाट १ लाख १३ हजार, अमेरिका निवासी यज्ञप्रसाद भट्टराईबाट ८० हजार, कोरियाका किसन क्षेत्रीको पहलमा ४० हजार र गण्डकी प्रदेशबाट २५ हजार गरि २ लाख ५८ हजार जुटाईदिएका थिए ।
यसको साथै मामा दुर्गाबहादुर थापाका स्वर्गीय बुबा हरिबहादुर थापा र आमा स्वर्गीय भद्रकला थापाको स्मृतिमा  सोनालाई उपचारको लागि ७५ हजार सहयोग उपलब्ध गराईएको थियो ।

666500 handovr1701687344.jpg
नेपालको स्वास्थ्य क्षेत्रको इतिहासमै पहिलोपल्ट किस्ट मेडिकल कलेजमा एकै व्यक्तिमा (सोनालाई) एकैचोटी गत असोज २२ गते १८ घण्टा लगाएर सोनालाई एउटा मिर्गाैला र कलेजो सफलतापूर्वक प्रत्यारोपण गरिएको थियो ।
सोनाकी भाउजु मञ्जुकुमारी क्षेत्री जिसीले आफ्नो एउटा मिर्गाैला झिकेर दिएकी थिइन् भने सोनाका पति नीरचन्द्र भुजेलले आफ्नो कलेजोको एक टुक्रा दिएर सोनालाई दोस्रो जीवन दिएका थिए ।
मिर्गाैला दिने भाउजु मञ्जुकुमारी ७ दिनपछि असोज २९ गते र कलेजो दिने श्रीमान निरचन्द्र १३ दिनपछि पूर्णरुपमा स्वस्थ भई कात्तिक ५ गते र सोना कात्तिक १५ गते सो मेडिकल कलेजबाट डिस्चार्ज भएका थिए ।
अहिले कलेजो र मिर्गाैला ग्रहणकर्ता सोना र कलेजो दिने दाता नीरचन्द्र र मिर्गाैला दाता भाउजु मञ्जुकुमारी पुर्णरुपमा स्वस्थ भईसकेका छन् ।
किस्ट मेडिकल कलेजका वरिष्ठ शल्यचिकित्सक प्रा.डा.मुकुन्दराज जोशीको नेतृत्वमा नेपाल सरकारबाट प्रत्यारोपणको लाइसेन्स प्राप्त कलेजो प्रत्यारोपण शल्यचिकित्सक डा.एकानन्द सिंह र डा.वरुण श्रेष्ठको साथै मिर्गाैला प्रत्यारोपण विशेषज्ञ डा.नारायण भुषाल, डा.सन्तोष क्षेत्री र डा.कश्यप दाहाल सहितको टोलीले सोनालाई मिर्गाैला र कलेजो प्रत्यारोपण गरेको थियो ।

 

प्रकाशित मिति: सोमबार, मंसिर १८, २०८०  १६:३८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार