राष्ट्रसंघको मन्त्रीस्तरीय सम्मेलनमा भाग लिन घाना गए उपप्रधानमन्त्री खड्का

सोमबार, मंसिर १८, २०८०

काठमाडौं । उपप्रधानएवं रक्षामन्त्री पूर्णबहादुर खड्का अन्तर्राष्ट्रिय शान्ति स्थापनासम्बन्धी संयुक्त राष्ट्रसंघको मन्त्रीस्तरीय सम्मेलनमा भाग लिन घाना गएका छन् । 
अन्तर्राष्ट्रिय शान्ति स्थापनासम्बन्धी संयुक्त राष्ट्रसंघको मन्त्रीस्तरीय सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्वको गर्दै उनी गएराति त्यसतर्फ गएका हुन् । 
संयुक्त राष्ट्रसंघले प्रत्येक वर्ष आयोजना गर्ने सम्मेलन यो पटक अफ्रिकी राष्ट्र घानाको राजधानी आक्रामा यही मङ्सिर १९  र  २० गते हुँदैछ । 
सम्मेलनमा अन्तर्राष्ट्रिय शान्ति स्थापनामा योगदान गर्ने सदस्य राष्ट्रका तर्फबाट राष्ट्रसंघ शान्ति स्थापनालाई सहयोग पु¥याउन सक्ने विभिन्न नौ क्षेत्रका प्रतिबद्धता प्रस्तुत गरिनुका साथै शान्ति स्थापनासम्बन्धी समस्या तथा चुनौती र तिनको समाधानबारे प्रस्तुति र छलफल हुने जनाइएको बताइएको छ । 
सम्मेलनमा उपप्रधानमन्त्री खड्काले नेपालका तर्फबाट सम्बोधन गर्नेछन् । 
त्यसैगरी सम्मेलनका अवसरमा उपप्रधानमन्त्री खड्कासँग संयुक्त राष्ट्रसंघका उपमहासचिव अतुल खारे, जिन पियरर ल्याक्क्रोइक्सले शिष्टाचार भेट कार्यसूची रहेको रक्षामन्त्रीको सचिवालयले जानकारी दिएको छ । 
भ्रमणका क्रममा मन्त्री खड्काले अन्य राष्ट्रका रक्षा तथा सुरक्षा प्रमुखगँग उच्चस्तरीय  भेटघाट तथा द्विपक्षीय सहयोगका विषयमा छलफल गर्ने जनाइएको छ । 
 

प्रकाशित मिति: सोमबार, मंसिर १८, २०८०  ०९:१५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार