विश्व विद्यालय खोल्ने अधिकार प्रदेशलाई दिन सांसदहरूको सुझाव

आइतबार, मंसिर १७, २०८०

काठमाडौं । राष्ट्रिय सभा सदस्यहरूले विश्व विद्यालय खोल्ने अधिकार प्रदेशलाई दिइनु पर्ने आवाज उठाएका छन् ।  विधायन व्यवस्थापन समितिको बैठकमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्व विद्यालय विधेयक, २०८० मा आइतबार भएको दफावार छलफलमा सांसद खिमलाल देवकोटाले जहाँ खोल्ने हो त्यही प्रदेशलाई विश्व विद्यालय खोल्न दिनुपर्ने बताए । 


उनले भने, ‘जहाँ खोल्ने हो त्यही प्रदेशलाई दिए के फरक पथ्र्यो, मेरो भनाई त्यति हो क्या । त्यस कारणले हामीसँग स्रोत हामीसँग त सिमित छ नि । अहिले त मुलुक त दिनहुँ यस्तो ऋणको जालोमा फस्दैछ । वित्तीय स्रोत साधनमा त यस्तो कमजोर भयौँ हामी है । कसरी चल्ने हुन हाम्रा संस्थाहरु संरचनाहरू भन्ने स्थिति भै सक्यो अनि संस्थाहरू खोल्दै जाने ।’ 
उनले भने, ‘विश्व विद्यालयहरू नचाहिने होइन चाहिन्छ तर सबै पहिले यो काम बन्द गरौं । संस्थाहरू चाहिन्छ नचाहिने होइन् । विश्वविद्यालयहरू चाहिन्छ नचाहिने होइन् । त्यो प्लसटु खोले जस्तै त्यो काम नगर्नुस् मन्त्री ज्यू ।’


त्यस्तै सांसद सुरेशकुमार आलेले दशरथ चन्द विज्ञान विश्वविद्यालय आवश्यक भएपनि संचालनमा चुनौती हुनसक्ने औल्याए । 
उनले भने, ‘चुनौतीहरु छन् । विश्वविद्यालय संचालनमा बाधा अवरोधहरू हुन्छन् त्यसलाई सच्याउँदै लैजानु पर्ने हुन्छ । विद्यार्थीको हकमा चै त्यस्तो समस्या हुन्छ जस्तो मलाई लाग्दैन । किनकी स्वास्थ्य विज्ञान, मेडिसिन पढ्ने विद्यार्थी प्रयाप्त मात्रामा छन् ।’
छलफलमा सहभागी अन्य सांसदले पनि नयाँ विश्वविद्यालय खोल्ने कुरा नकरात्मक नभए पनि अहिले भएका विश्वविद्यालयलाई व्यवस्थित गर्नु पर्नेमा जोड दिएका छन् । 


छलफलपछि समिति सभापति जयन्तीदेवी राईले, आवश्यक विधेयक ल्याउन सरकारको पटक पटक ध्यानाकर्षण गराएको स्मरण गरिन् । उनले विश्वविद्यालय व्यवस्थित गर्न आवश्यक रहेको बताईन् । 
आवश्यक परे विद्यालय तथा विश्वविद्यालय मर्ज गरिनु पर्ने उनले बताइन् । ‘अहिले विश्व विद्यालयहरु मर्जको कुरा आइरहेको छ । त्यो पनि नाजायज चै छैन है । अहिलेको मा चै विद्यार्थी संख्या नपुगेको बेलामा राज्यको स्रोत साधन नपुगिरहेको बेलामा’ उनले भनिन् । 

प्रकाशित मिति: आइतबार, मंसिर १७, २०८०  १७:०४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार