एमाले सचिव योगेश भट्टराई चढेको गाडीमा आक्रमण

सोमबार, मंसिर ११, २०८०

विराटनगर । नेकपा एमालेका सचिव एवं संघीय सांसद योगेशकुमार भट्टराई चढेको गाडी उनको गृहनगर ताप्लेजुङमा तोडफोड गरिएको छ । 

काठमाडौं फर्कने क्रममा सदरमुकाम फुङलिङमा पहिचान पक्षधर संगठनका कार्यकर्ताले उनको गाडीमा आक्रमण गरेका हुन् ।

एमाले ताप्लेजुङका कार्यवाहक अध्यक्ष सन्तोष खतिवडाका अनुसार करिब आठ जनाको संख्यामा रहेका पहिचान पक्षधर संगठनका कार्यकर्ताले गाडीमा आत्रमण गरेका हुन् ।

उनीहरुले गाडीमा ढुंगा र लाठीले आक्रमण गरेको खतिवडाले बताए । आक्रमणबाट गाडीको सिसा फुटेको छ । गाडीमा सवार कोही घाइते नभएको प्रहरीले जनाएको छ ।

आजै एमालेका कार्यकर्ता र पहिचान पक्षधर संगठनका कार्यकर्ताबीच झडप पनि भएको थियो ।
 
प्रदेश १ लाई कोशी नामकरण गरिएकामा पहिचान पक्षधर असन्तुष्ट छन् । उनीहरुले पुनः नामांकन संयुक्त संघर्ष समिति गठन गरी आफ्नो आन्दोलन सञ्चालन गर्दै आएका छन् ।

त्यस क्रममा उनीहरुले प्रदेशको नाम पहिचानको आधारमा राख्न पहल नगरेको भन्दै विभिन्न दलका नेताहरु, मन्त्रीलगायतको विरोध गर्दै आएका छन् ।

यसअघि पनि केही नेता र प्रदेशका मन्त्रीहरु चढेको गाडीमा पहिचान पक्षधर कार्यकर्ताहरुले आक्रमण गरेका थिए ।
 

प्रकाशित मिति: सोमबार, मंसिर ११, २०८०  ०६:१६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार