सरकार प्राथमिकता होइन तर अप्ठ्यारो परे सहभागी हुन सकिन्छ : रास्वपा सभापति लामिछाने

शनिबार, मंसिर ९, २०८०

रौतहट । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मुलकलाई आवश्यकता वा अप्ठ्यारो परेको खण्डमा राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा सहभागी हुन सक्ने बताएका छन् ।
रौतहटको चन्द्रनिगाहपुरमा शनिबार सञ्चारकर्मीहरुसँगको भेटघाट कार्यक्रममा बोल्दै उनले सरकारमा सहभागी हुने विषय भने पार्टीको प्राथमिकता नरहेको जिकिर गरे । तर एउटा राजनीतिक दल भएकाले मुलकलाई ज्यादै अप्ठ्यारो प¥यो वा परिस्थिति सिर्जना भयो र आवश्यकता परेको खण्डमा रास्वपा सरकारमा सहभागी हुन सक्ने उनले बताए । 
रास्वपा अहिले सदनमा प्रतिपक्षको भूमिकामा रहेको उल्लेख गर्दै उनले अहिले आफनो जिम्मेवारी र भूमिका असाध्यै धेरै रहेको जिकिर गरे । 
अर्थतन्त्र चलायमान बनाउने भन्दै प्रधानमन्त्री पुष्पकमल दाहालले गत मंगलबार दलहरुका नेता र निजी क्षेत्रका अगुवासहितको बैठक गरेका थिए । लामिछानेले सञ्चारकर्मीसँग उक्त बैठकप्रति असन्तुष्टि व्यक्त गरे । सर्वदलीय बैठकमा यो दलबाट यो आयो भनेर संख्या गन्ने मात्र काम भएको उनले बताए । अर्थतन्त्र बलियो हुने आधारको खोजी नगरिएकाले खाली देखावटी रुपमा बैठक बोलाइएको टिप्पणी उनले गरे ।
राष्ट्रिय स्वतन्त्र पार्टी देश र मधेसको भविष्य फेर्न तयारीको साथ मधेसमा आएको दाबी उनले गरे । वर्र्षौदेखि विभेदमा परेको मधेसमा विशेष तयारी गरी आफू एक हप्ताको कार्यक्रमअन्तर्गत आएको बताउँदै लामिछानेले मधेसमै पार्टीको विशेष बैठक पनि राखेको जानकारी दिए । 
काठमाडौंमा भइरहेको प्रदर्शनसँग सरकार डराउनु लज्जास्पद रहेको टिप्पणी उनले गरे । धेरै दलहरु मिलेर बनेको शक्तिशाली सरकार आन्दोलनसँग डराउदै धरपकडमा उत्रिएको घटना लज्जास्पद भएको उनले बताए । 
स्वतन्त्र रुपमा हिडेका नागरिकलाई समाउदै थुनेको घटना लोकतन्त्रको विशेषताविरुद्ध रहेको बताउँदै लामिछानेले भने ‘लोकतन्त्रमा प्रदर्शन र विरोध गर्न पाउने जनताको अधिकार हो ।’ 
रहेको बताए । आफू दुर्गा प्रसाईको समर्थक वा प्रशंसक नभएको पनि उनले प्रष्टीकरण दिए । 
पत्रकार भेटघाटमा रास्वपा उपसभापति डोलप्रसाद अर्याल, प्रतिनिधिसभा सदस्य मनिष झा, केन्द्रीय सदस्य दीपक बोहोरा, मधेस प्रदेश सभापति तपेश्वर यादव लगायतको उपस्थिति  थियो । 
पत्रकार भेटघाटपछि लामिछानेले चन्द्रपुर–३ स्थित चाँदी नदिमा निर्माणधीन पुलको निरीक्षण गरेका थिए । भेटघाट कार्यक्रमपछि उनले चन्द्रपुर–८ स्थित सन्तपुरको खुला सभालाई सम्बोधन गरेका थिए । 

प्रकाशित मिति: शनिबार, मंसिर ९, २०८०  १८:४४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार