टिकटक बन्द गर्ने निर्णयविरुद्ध सर्वोच्चमा पाँच रिट

शुक्रबार, मंसिर १, २०८०

काठमाडौँ । टिकटक बन्द गर्ने सरकारी निर्णयविरुद्ध सर्वोच्च अदालतमा पाँच रिट लगिएको छ । गत कात्तिक २७ गतेको मन्त्रिपरिषद् बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को निर्णय अभिव्यक्ति स्वतन्त्रविरुद्ध रहेकाले खारेजीको माग गर्दै सर्वोच्चमा रिट लगिएको हो ।  
अधिवक्ता दिनेश त्रिपाठी शुक्रबार रिट लिएर सर्वोच्च अदालत गएका हुन् ।  टिकटक बन्द हुँदा संवैधानिक लोकतन्त्र, नागरिकका हक एवं स्वतन्त्रताहरु विधिको शासन अनुसार हुनुपर्नेम त्यसो नभएको रिट निवेदनमा जिकिर गरिएको छ ।  अभिव्यक्ति स्वतन्त्रताको समेत हनन हुने दाबी गर्दै त्रिपाठीले टिकटक बन्द गर्ने सरकारको निर्णय बदरको माग गरेका छन् ।

1628695557.jpg

सर्वोच्च अदालतका सहप्रवक्ता गोविन्द घिमिरेले टिकटक बन्दविरुद्ध पाँच रिट आएको बताए । उनले ती रिटमा अध्ययन भइरहेको भन्दै अध्ययनपछि दर्ता हुने–नहुने टुंगो लाग्ने जानकारी दिए । 
सरकारले टिकटक बन्द गर्ने निर्णय गर्दा सामाजिक सद्भाव खल्बल्याउन टिकटकको प्रयोग भएको भन्दै सामाजिक, सांस्कृतिक सहिष्णुता कायम राख्न ‘तत्कालका लागि’ टिकटक बन्द गर्ने निर्णय गरेको थियो। त्यसपछिका बहसमा सार्वजनिक शिष्टाचारविरुद्धका कसुरहरू धेरै भएको र टिकटक कम्पनीले टिकटकबाट हुने अपराध न्यूनीकरणका लागि सहयोग नपुर्‍याएको सरकारी आरोप छ ।
 

प्रकाशित मिति: शुक्रबार, मंसिर १, २०८०  १२:३१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार