नेपाल सम्बतको नयाँ वर्षमा ललितपुर महानगरपालिका २२ नं वडा कार्यालयद्धारा सांस्कृतिक र्‍याली

बुधबार, कात्तिक २९, २०८०

ललितपुर । ललितपुर महानगरपालिका २२ नं. वडा कार्यालय बुङ्गमतिले नेपाल संवत् ११४४ नव वर्ष शुभारम्भको दिन मंगलबार सांस्कृतिक र्‍याली निकालेको छ । पासा पुचः बुङ्गमति, सामुदायिक विकास कोष, बुङ्गमति र बुङ्गमति बौद्ध विकास संघसहितको सहकार्यमा वडा कार्यालयले सांस्कृति  र्‍याली निकालेको हो । 
मच्छिन्द्रवहालबाट सुरु भएको सांस्कृतिक र्‍याली श्री रातो मच्छिन्द्रनाथ, ह्यगृब भैरवनाथ, आजु अजी तथा गणेश मन्दिरहरूमा धलँ धंकेगु (मण्डला पूजा) सहित वडाका विभिन्न स्थानहरूको परिक्रम गरी पुनः मच्छिन्द्रवहालमै आएर सपम्पन्न भएको वडा नं. २२ का वडाअध्यक्ष सागर तुलाधारले जानकारी दिनुभयो । 

IMG_73541700004916.jpg
'नयाँ वर्ष ११४४ को अवसरमा न्हु दँ या भिन्तुना कार्यक्रम आयोजना गरिएको हो यो कार्यक्रममा वडावासी उत्साहजनक रुपमा सहभागित हुनु भएको छ', वडा अध्यक्ष तुलाधारले भन्नुभयो । विहान सांस्कृति र्‍याली तथा दिउसो कन्सर्ट आयोजना गरिएको उहाँले जानकारी दिनुभयो । उक्त कार्यक्रममा सहभागी वडावासी जन समुदाय, राजनीतिक दल, संघ संस्था तथा बाजा खलःहरुमा हार्दिक धन्यवाद दिन चाहन्छु उहाँले भन्नुभयो । 

IMG_73481700004920.jpg
नेपाल संवत् ११४४ भव्य रुपमा सुरु
यसैबीच नेपाल संवत् ११४४ देशभर विविध कार्यक्रम आयोजना गरी मनाइएको छ । राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इ सं ८८०) मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवत्को सुरुवात गराएको दिनको सम्झनामा हरेक वर्ष नेवार समुदायले नयाँ वर्षको रुपमा मनाउनले गरेका छन् । 
विसं २००७ मा प्रजातन्त्र स्थापना भएपछिदेखि राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको  नेपाल संवत्लाई नयाँ वर्षका रूपमा काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वरलगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानमा विशेषरूपमा मनाउने गरिन्छ ।
२०५६ सालको नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेका थिए । विसं २०६५ मा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल संवतले राष्ट्रिय मान्यता पाउने घोषणा गरेका थिए । सरकारले सरकारी कागजातमा नेपाल संवत् पनि उल्लेख गर्ने निर्णय गरिसकेको छ । 

प्रकाशित मिति: बुधबार, कात्तिक २९, २०८०  ०४:५६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार