तिहारको चौथो दिन, गोर्वद्धन पर्वत र गोरुको पूजा गरिँदै

मंगलबार, कात्तिक २८, २०८०

काठमाडौं । यमपञ्चकअर्थात् तिहारको चौथो दिनआजगोवद्र्धन पर्वत, बली, गोरु र हलिको पूजाआजा गरी गोरु तिहार पर्व मनाइँदै छ। 
वर्षभर कृषि कर्ममा जोतिएर मानवहितका लागि सेवा गर्ने गोरुलाई आजपूजा गरेर मीठो खानेकुरा खान दिने प्रचलन छ । गोरुलाई देवाधिदेव महादेवको वाहन अर्थात् साँढेका रुपमा पनि पूजा गर्ने परम्परा छ । 
आजबिहानै घर आँगनमालिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवद्र्धन पर्वत मानीपूजा गर्ने प्रचलन छ । 
यसैगरी वर्षभर गोरु जोत्ने हलिएवम् अन्य कृषिकर्म गर्ने किसानलाई पनिआजपूजा गरी मीठामीठा परिकार खुवाइन्छ। यसैले आजको दिनलाई हलितिहार पनि भनिन्छ ।
द्वापर युगमाभगवान् श्रीकृष्णले हत्केलाले गोवद्र्धन पर्वत उचालीगोकुलवासीलाई मुसलधारे वर्षाबाटबचाएको सम्झनामागोवद्र्धन पर्वतको पूजा गर्ने प्रचलन बसेको मान्यता छ । 
गोवद्र्धन पूजाप्रतिपदाकादिन सूर्योदयभएकादिन गर्नुपर्ने विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्राध्यापक श्रीकृष्ण अधिकारीले बताए ।
त्यस्तै बली राजालाई यमपञ्चकका पाँचदिन मत्र्यलोकको शासन गर्ने अधिकार दिएको विश्वासका आधारमा आजबली राजाको पनि सम्झना स्वरुप पूजा आराधना गर्ने प्रचलन छ । 
गोरु र हलीको पूजाआजापछिआज साँझ घरघरमा गएर देउसी खेल्ने प्रचलन छ । 
 

प्रकाशित मिति: मंगलबार, कात्तिक २८, २०८०  १५:३९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार