टिकटक बन्द गर्ने निर्णय ठिक हैन : सांसद शिशिर खनाल

सोमबार, कात्तिक २७, २०८०

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले सामाजिक सञ्जाल टिकटक बन्द गरेर सरकार अधिनायकवादी बाटोमा हिड्न खोजेको आरोप लगाएका छन् । सामाजिक सञ्जाल एक्स (पहिलेको ट्वीटरमा) प्रतिक्रिया् सार्वजनिक गर्दै उनले भनेका छन, ‘यस्ता निर्णयहरुले अभिव्यक्ति स्वतन्त्रतलाई कुठिण्त गर्छ। टिकटक लगायत अन्य माध्यमको गलत प्रयोगलाई नियमन गर्नु पर्छ ।’ 
‘तर एउटा मात्र प्लाटफर्मले गर्दा सामाजिक सद्भाव बिग्रियो, राष्ट्रियता कमजोर भयो भन्नु प्रविधिको विकासलाई नबुझ्नु हो । टिकटक त धेरै मध्ये एउटा माध्यम हो ।  सरकार अधिनायकवादी बाटोमा हिड्न खोज्यो । यस्ता निर्णयहरुले अभिव्यक्ति स्वतन्त्रतलाई कुठिण्त गर्छ।’ उनले भनेका छन्, ‘सरकारले यो निर्णय तुरुन्त फिर्ता गरोस् ।’

'नेतृत्वलाई आक्षेप लाग्ने कन्टेन्ट आएपछि टिकटकमा प्रतिबन्ध'
सांसद खनालले राजनीतिक नेतृत्वलाई आक्षेप लाग्ने सामग्री आउन थालेपछि सरकारले टिकटकमा प्रतिबन्ध लगाएको आरोप लगाएका छन् ।
सरकारले टिकटकले सामाजिक सद्भाव भड्काउने, राष्ट्रिय सुरक्षामा गम्भीर असर गर्ने सामग्री फैलाएको भन्दै प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।
तर, सांसद् खनाल भन्छन्, ‘टिकटकमा भएका सामग्री ठीक छैन, सद्भाव खल्बलिएको छ भने त्यस्तो सामग्री राख्नेलाई कानुनको दायरामा ल्याउनुपर्छ । नियमन गर्नुपर्छ । तर, यसलाई प्रतिबन्ध लगाउनु सही होइन ।’
प्रतिबन्ध लगाउँदैमा त्यस्ता सामग्रीहरु फैलिन नरोकिने भन्दै उनले भने, ‘भारतको उदाहरण हेर्ने हो भने त्यहाँ टिकटक बन्द हुनेबित्तिकै उस्तै खाले कन्टेन्ट फेसबुक रिल्स र इन्स्टाग्राममा आइरहेको छ ।’ त्यसैले कुनै एउटा प्लेटफर्मलाई बन्द गर्नु यसको समाधान नभएको खनालले बताए ।
‘मान्छे बानी परिसकेको छ, अभ्यस्त भइसकेका बेला प्रयोगकर्ताले प्लेटफर्म मात्र परिवर्तन गर्छन्, सामग्री राख्नै छाड्ने गर्दैैनन्’, खनालले थपे ।
सरकारमा अधिनायकवादी भावना देखिएको भन्दै खनालले निर्णय गर्नेहरुले नयाँ प्रविधि बुझ्न नसकेको बताए । उनले भने, ‘यसले सही नियतले नै यो गरेको हो भनेपनि यो निर्णयले त्यसको समाधान दिँदैन ।’

प्रकाशित मिति: सोमबार, कात्तिक २७, २०८०  २१:२८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार