सामाजिक सञ्जल टिकटक तत्काल बन्द गर्ने सरकारको निर्णय 

सोमबार, कात्तिक २७, २०८०

काठमाडौं । सरकारले सामाजिक सञ्जल टिकटक तत्काल बन्द गर्ने निर्णय गरेको छ ।
आज बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको सरकारको प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् । टिकटकबाट सामाजिक सद्भाव विगार्ने र घृणा फैलाउने कार्य भएको भन्दै त्यसलाई बन्द गर्ने निर्णय गरिएको शर्माले बताइन् । 
‘क्याविनेटले टिकटक बन्द गर्ने निर्णय गरेर सञ्चार मन्त्रालयलाई निर्देशन गर्ने निर्णय भएको छ । निणर्य कार्यान्वयनमा जान प्राविधिक रुपमा साथीहरु लागिसक्नुभएको छ । केही समय लाग्ला तर तत्काल बन्द गर्ने निर्णय भएको छ,’ मन्त्री शर्माले भनिन्, ‘त्यसमा सबैको सहयोग चाहिन्छ । आवश्यक प्राविधिक व्यवस्था  गर्न सञ्चार मन्त्रालय र दूरसञ्चार प्राधिकरण तैयारीमा लागिसक्नुभएको छ ।’
मन्त्री शर्माका अनुसार टिकटक बन्द गर्ने निर्णय तत्काल कार्यान्वयनमा जानेछ, त्यसका लागि कुनै डेडलाइन तोकिएको छैन ।
 

प्रकाशित मिति: सोमबार, कात्तिक २७, २०८०  २०:४२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार