पशुपतिको गौशालामा गाईतिहार (फोटो फिचर)

सोमबार, कात्तिक २७, २०८०

काठमाडौं । कार्तिक कृष्ण औँसीका अवसरमाआज गाईको पूजाआजा गरी गाई तिहार मनाईएको छ । 
यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज परेको गाईतिहारमा पशुपतिको गौशाला धर्मशालामा पालिएको गाईलाई पूजा गर्नेको घुँइचो देखियो । उनीहरुले गाईको पूजा गरी गाईलाई भोजन गराएका छन् । 


गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ ।गाईको पूजा गरी आजका दिन मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ ।


राष्ट्रिय जनावर गाईलाई श्रावण शुक्ल पूर्णिमाका दिन हातमा बाँधिएको रक्षासूत्र (डोरो) गाईतिहारकै दिन (आज) गाईको पुच्छरमा बाँधिदिने चलन छ। यसो गर्दा मृत्युपछि ‘वैतरणी’ पार गर्न सहज हुने लोकविश्वास छ । 

प्रकाशित मिति: सोमबार, कात्तिक २७, २०८०  १२:३८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार