मनाइयो कुकुर तिहार 

आइतबार, कात्तिक २६, २०८०

काठमाडौं । यमपञ्चकअन्तर्गत तिहारको दोस्रो दिन आज कुकुर पूजा । इमान्दारीपूर्वक सुरक्षामा खटिने कुकुरको पूजा घरघरमा गरी कुकुर तिहार मनाइएको छ । 

घरमा पालिएका कुकुरलाई मीठो खानेकुरा खान दिनुका साथै फूलमाला र टीका लगाइदिएर पूजा गरिएको छ ।

कुकुरको पूजा गरी मीठो खान दिए यमलोकको यात्रा गर्दा यमराजको पहरेदारका रुपमा मूलढोकामा बस्ने श्याम र सबल नाम गरेका कुकुरले सहजरुपमा बाटो छोडिदिने धार्मिक विश्वास छ ।

आज सुरक्षा निकायले पनि कुकुरको विशेष पूजा गर्ने गर्दछन् । नेपाल प्रहरी, सेना लगायतका सुरक्षा निकायमा कुकुरलाई सुरक्षामा खटाइएको हुन्छ । 

कुकुरलाई आपराधिक घटनाको अनुुसन्धानमा पनि प्रयोग गरिन्छ । त्यसैले नेपाल प्रहरी, सेना लगायतका सुरक्षा निकायले विशेष रुपमा कुकुरको पूजा गरी कुकुर तिहार मनाउने गरेका छन् ।

प्रकाशित मिति: आइतबार, कात्तिक २६, २०८०  १८:२१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार