अन्तर्राष्ट्रिय माहोल नेपालमा लगानी बढाउनेतर्फ उन्मुख छ : अर्थमन्त्री महत

शनिबार, कात्तिक २५, २०८०

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले अन्तर्राष्ट्रिय माहोल नेपालमा लगानी बढाउनेतर्फ उन्मुख भएको बताएका छन् । 

प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठकमा अर्थमन्त्री महतले अन्तर्राष्ट्रिय माहोल नेपालमा लगानी बढाउनेतर्फ उन्मुख भइरहेको भन्दै त्यसका लागि अब देशभित्र सहज वातावरण बनाउनुपर्ने बताए । 

Photo (2) (1)1699660959.jpg

उनले भने, ‘अन्तर्राष्ट्रिय माहोल नेपालमा लगानी बढाउनेतर्फ उन्मुख छ । त्यसका लागि अब हामीले देशभित्र सहज वातावरण बनाउनुपर्ने छ । त्यसमा कतिपय कानूनी सहजताको कुरा छ । खरिद नियमावलीको समस्या छ, यसलाई चाँडै संसदबाट पारित गर्न सकियो भने त्यसले धेरै सहज हुन्छ ।’

उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर्मचारीलाई २२ बुँदे पत्र काट्दा त्रसित भएको बताए । 

उनले भने, ‘विभिन्न मन्त्रालयका कर्मचारीको नाममा अख्तियारबाट २२ बुँदे पत्र आएको छ । कर्मचारीहरू त्रसित छन् । यसले काम गर्न कर्मचारीलाई असहज भएको छ । विगतलाई हेर्दा अर्थ सचिव भएकाहरू पनि निलम्बनमा परेका छन् ।’

मुलुकको सीमित स्रोत र साधनको अधिकतम परिचालन गरी उच्च नतिजा हासिल गर्न योजना छनोट, प्राथमिकीकरण तथा वर्गीकरण र बजेट तर्जुमाको कार्य वस्तुनिष्ठ, वैज्ञानिक र यथार्थपरक बनाउन एवं बजेट कार्यान्वयनको क्रममा गरिने सार्वजनिक खरिदको कार्य पारदर्शी, प्रतिस्पर्धी र गुणस्तरीय बनाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २८ को उपदफा १ (ख) अनुसार संघीय सरकार, प्रदेश सरकार र स्थानीयतहलाई २२ बुँदे सुझाव दिएको थियो ।

Photo (3) (1)1699660940.jpg

प्रकाशित मिति: शनिबार, कात्तिक २५, २०८०  ०५:४६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार