धरानमा विमानस्थल निर्माणबारे अध्ययन गर्न समिति गठन

शुक्रबार, कात्तिक २४, २०८०

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको निर्देशन लगत्तै
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले सुनसरीको धरान उपमहानगरपालिकामा विमानस्थल आवश्यक छ या छैन भनी अध्ययन गर्न समिति गठन गरेको छ ।
पर्यटनमन्त्री किरातीले बिहीबार आफूले प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई निर्देशन दिएको सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका थिए । 

Dharan1699565947.JPG
क्यानले मन्त्री किरातीको निर्देशनलगत्तै प्राधिकरणका प्रबन्धक नलविक्रम थापाको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो । समितिको सदस्यमा प्रबन्धक अनिल बस्नेत, वरिष्ठ अधिकृत विमल खनाल छन् । समितिले विमानस्थल निर्माणको सम्भाव्यता अध्ययन गर्नेछ ।
यसअघि पर्यटनमन्त्री किरातीले धरानमा विमानस्थल निर्माणको लागि अध्ययन गर्न समिति बनाउन निर्देशन दिएका थिए । 
धरानमा विमानस्थल निर्माण सम्भाव्यता अध्ययन गर्ने समिति गठनको लागि नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई आफूले निर्देशन दिएको सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका थिए । 
‘‘धरानमा विमानस्थल निर्माण अध्ययन समिति  तत्काल गठन गर्न नागरिक उड्डयन महानिर्देशकलाई निर्देशन गरे छु’’, मन्त्री किरातीले लेखेका छन् । बुधबार धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले धरानमा विमानस्थल बनाउन माग गर्दै सरकारको ध्यानाकर्षण गरेका थिए । 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २४, २०८०  ०३:२१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार