तिहारलगत्तै १० वटा जहाज खरिद प्रक्रिया अघि बढाउँछौं : मन्त्री किराती 

बिहीबार, कात्तिक २३, २०८०

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले तिहारलगत्तै साना र मध्यम खालका १० वटा जहाज खरिदका लागि टेन्डर आह्वान गर्ने बताएका छन् । 

उनले न्यारोबडी, कंक्रुडमा उडान गर्न सक्ने मध्यम जहाज र केही साना गरी १० वटा जहाज खरिदका लागि टेन्डरको तयारी भैरहेको बताएका हुन् । 

आज काठमाडौंमा आयोजित एक होटलको उद्घाटन कार्यक्रममा उनल पर्यटनको विकासका लागि पनि जहाज आवश्यक भएको बताए । उनले इजरायलबाट नेपालीको उद्दार गर्न प्रयोग भएको जहाजको उपयोगिताको चर्चा गर्दै नेपालका दुर्गम क्षेत्रमा सुत्केरी उद्दार गर्नेदेखि विपदको समयमा गरेको कामले जहाजको उपयोगिता पुष्टि भैसकेको बताए । 

त्यसैले पर्यटन प्रर्वद्धनका लागि पनि जहाज थप्नुपर्नेमा उनले जोड दिए । 

उनले भने, अहिले उडिरहेको २ वटा जहाजमा १ थपेर ३ बनाउने, थप ३ वटा खरिद गरेपछि ६ हुन्छ । दुर्गम क्षेत्रमा २२ वटा एयरपोर्ट खाली छ  । त्यहाँ ६ वटा जहाज भयो भने मज्जाले उडाउन सक्छौ । तिहार पछाडि १० ओटा जहाज खरिदका लागि टेन्डर गर्ने हाम्रो तयारी छ । त्यो १० वटामा केही ठूला, न्यारोबडी स्टायलको, केही कंक्रुटमा उड्ने जो इण्डियासम्म पनि उडान भर्न सकोस् र केही साना तिहारलगत्तै किन्ने तयारीमा छौं ।’
 

प्रकाशित मिति: बिहीबार, कात्तिक २३, २०८०  १३:५९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार