मधेश प्रदेशले माग्यो छुट्टै प्रहरी प्रशासन, नपाए आन्दोलन गर्ने चेतावनी

बुधबार, कात्तिक २२, २०८०

जनकपुर । मधेश प्रदेश सरकारले आफ्नो छुट्टै प्रहरी प्रशासनको माग गर्दै संघीय सरकारको ध्यानाकर्षण गराउने भएको छ । मुख्यमन्त्री सरोज कुमार यादवले यसका लागि प्रधानमन्त्रीलाई बिहीबार ज्ञापनपत्र बुझाउने जानकारी दिए । 
मुख्यमन्त्री यादवले प्रदेशको आफ्नो छुट्टै कर्मचारी, प्रहरी प्रशासन र साधनस्रोत नहुँदा आवश्यक काम गर्न नसकेको आज पत्रकार सम्मेलनमा बताए । उनले निजामती ऐन र प्रहरी समायोजनका लागि संघीय सरकारलाई एक महिने अल्टिमेटम दिँदै भोलि बिहीबार ज्ञापनपत्र बुझाउन लागिएको बताए । यो मागमा प्रतिपक्षी दलको पनि साथ रहेको भन्दै एक महिनाभित्र माग पूरा नगरे संघीय सरकारविरुद्ध आन्दोलन गर्ने मुख्यमन्त्री यादवले चेतावनी दिए ।
उस्तै परेमा, ‘संघीय राजधानी र जनकपुरमा मात्रै होइन, गाउँ गाउँमा आन्दोलन हुन्छ’ यादवले सम्वाददातासँग भने ।
 

प्रकाशित मिति: बुधबार, कात्तिक २२, २०८०  २०:११
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार