भूकम्प प्रभावितको उपचारबारे राष्ट्रपतिको चासो

बुधबार, कात्तिक २२, २०८०

काठमाडौं ।  राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्पमा परी घाईते भएका जनताको उपचार सेवामाकुनै कसर बाँकी नराख्न स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतलाई निर्देशन दिएका छन् ।
बुधबार राष्ट्रपति भवन शितल निवासमा आफूसँग भेट्न आएका मन्त्री बस्नेतसँग राष्ट्रपतिले राजधानीलगायत देशका विभिन्न अस्पतालमा उपचाररत भूकम्पप्रभावित जनताको अवस्था, उपचार सेवा र सुविधालगायतका विषयमा जानकारी लिएका थिए ।
राष्ट्रपति पौडेलले उपचार प्रक्रियालाई सहज र प्रभावकारी सल्लाह दिँदै उनले अस्पतालहरूको स्तरवृद्वि, आधुनिक उपकरण, दक्ष चिकित्सकसहित स्वास्थ्यकर्मीको व्यवस्थापनसहित गुणस्तरीय सेवा प्रवाहका बारेमा मन्त्रीसँग जिज्ञासा राखेका थिए ।

प्रकाशित मिति: बुधबार, कात्तिक २२, २०८०  २०:०६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार