तिहारको साइत सार्वजनिक, कात्तिक २९ गते बिहान १०ः५१ मा भाइटीका साइत

सोमबार, कात्तिक २०, २०८०

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले २०८० को तिहारको शुभसाइत सार्वजनिक गरेको छ ।
कार्तिक २९ गते परेको भाइटिकाको साइत भने विहान १० बजेर ५१ मिनेटमा रहेको छ ।
समितिका अनुसार कार्तिक २४ गते शुक्रबारका दिन यमदीपदान अर्थात धनत्रयोदशी (धन्तेरस) रहेको छ । यो दिन सुन चाँदी जस्ता धातुका वस्तु खरिद गर्नु एकदमै उत्तम मानिन्छ ।

Press Release1699272143.jpg
साथै कार्तिक २५ गते काग तिहार परेको छ भने २६ गते कुकुर तिहारसँगै लक्ष्मी पूजा पनि रहेको छ । यसैगरी कार्तिक २७ गते सोमवार गाई तिहार रहेको छ । २८ गते गोवद्र्धन पूजा । म्हपूजा परेको छ भने सोहि दिनबाट नेपाल संवत ११४४ प्रारम्भ हुनेछ ।

 

प्रकाशित मिति: सोमबार, कात्तिक २०, २०८०  १७:४५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार