सीमा नाकाका सीमा स्तम्भहरु मर्मत गर्दै सशस्त्र, पहिलो चरणमा १ हजार सीमा स्तम्भवको मर्मत गरिने  

बिहीबार, कात्तिक १६, २०८०

जनकपुर । सश्स्त्र प्रहरी बलले मधेश प्रदेशका ८ ओटै जिल्लामा रहेका सीमा स्तम्भहरूको पुर्ननिर्माण, मर्मत तथा सम्भार र रंगरोगनको काम आजबाट सुरु गरेको छ ।
सशस्त्र प्रहरी बलले नेपाल–भारत सीमा नाकामा रहेका सीमास्तम्भहरूको पुर्ननिर्माण, मर्मत सम्भार र रंगरोगनको काम थालेको हो ।
सीमा नाकामा रहेका करिब चार हजार भन्दा बढी सीमा स्तम्भहरूमध्ये अहिलेलाई १ हजार सीमास्तम्भको मर्मत र रंगरोगनको काम सुरु गरिएको सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालयका प्रमुख दीपेन्द्र शाहले बताए ।
मधेशको आठवटै जिल्लामा आजबाट उक्त कार्यको सुरु भएको छ । धनुषा जिल्लामा पर्ने मात्र करिव १ सय ५० भन्दा बढी सीमा स्तम्भको मर्मत र रंगरोगन गर्नुपर्ने सशस्त्र प्रहरी बल धनुषाका प्रहरी उपरिक्षक दिनेश मल्लले जानकारी दिए ।  बिहीबार धनुषाको सीमावर्ती नगरपालिका नगराईन नगरपालिकाको वडा नं. २ जटही नाका छेउको सिमा नं. २८५÷४ बाट उक्त कार्यको सुरुवात भएको  छ ।

Photo (2)1698914456.jpg
२०७७ साल श्रावन १९ गतेको मन्त्रिपरिषद् निर्णयबाट सीमाका ती स्तम्भहरु मध्ये विजोरा नम्बरका सीमा स्तम्भहरूको पुर्ननिर्माण, मर्मत सम्भार रंगरोगनको काम नेपाल पक्षले गर्ने निर्णय बमोजिम सो कार्यको थालनी भएको हो । दुवै पक्षका सीमा सुरक्षा बलका प्रमुखहरूले उक्त कार्यले सीमा स्तम्भसँगै दुई देशबीचको सुरक्षा, सदभाव र प्राविधिक जटिलताको समाधान हुने बताएका छन् ।
सो अवसरमा नगराई नगरपालिकाका प्रमुख विनयकुमार यादव, मुखियापट्टी मुसहरनिया गाँउपालिकाका अध्यक्ष जय कुमार यादव, सम्बन्धित वडा अध्यक्ष, सशस्त्र प्रहरी बल धनुषाका प्रहरी उपरिक्षक दिनेश मल्ल, जिल्ला प्रशासन कार्यालय धनुषासहितका अधिकारीहरू उपस्थिति भएका थिए । 

प्रकाशित मिति: बिहीबार, कात्तिक १६, २०८०  १४:२५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार