विशेष वार्ता

‘जलवायु न्याय’ का लागि गुटेरसको भ्रमण फलदायी  : पूर्व राजदूत भट्टराई 

मंगलबार, कात्तिक १४, २०८०

काठमाडौं । पूर्वराजदूत एवं कुटनीतिज्ञ डा. दिनेश भट्टराईले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसमार्फत नेपालले असमानपूर्वक भोग्दै आएको जलवायु परिवर्तनको असरबारेको सन्देश विश्व समुदायमा जानु ‘जलवायु न्यायका’लागि नेपाललाई राम्रो हुने बताएका छन् ।
नेपालको चार दिने औपचारिक भ्रमणमा रहेका महासचिव गुटेरसले नेपालले जलवायु परिवर्तनका कारण भोग्दै आएको असर र हिमाली क्षेत्रमा परेको नकारात्मक प्रभावबारे सोमबार सर्वाेच्च शिखर सगरमाथा र मंगलबार अन्नपूर्ण वेश क्याम्पबाट प्रत्यक्ष अवलोकन गरी विश्व समुदायमा सन्देश प्रशार गरेका छन् । उनले महत्वपूर्ण हिमाली क्षेत्रको प्रत्यक्ष अवलोकन र निरीक्षण गर्दा जलवायु परिवर्तनका कारण नेपालले भोगेको समस्याबारे विश्वमाझ सन्देश दिएका छन् । 


अमेरिकाका लागि नेपाली राजदूत रहिसकेका भट्टराईसँग महासचिवको यो भ्रमणले कस्तो सन्देश दिन्छ र यसले नेपाललाई के लाभ हुनसक्छ भनेर नेपाल न्यूज बैंकले कुराकानी गरेको थियो ।
पूर्व राजदूत भट्टराईले महासचिव गुटेरसले गरेको जलवायु प्रभावित क्षेत्रको भ्रमण नेपालका लागि सुखद भएको बताएका छन् । 
उनले नेपालले असमान रुपमा विश्वले जलवायु परिवर्तनमा गरेको गल्तीको नकारात्मक असर भोगिरहेको भन्दै त्यसका लागि विश्वसमुदायमाझ गुटेरसको भ्रमणले राम्रो सन्देश जाने र नेपाललाई ‘जलवायु न्याय’ दिलाउन सहयोगी बन्ने तर्क गरेका छन् ।


संयुक्त अरब इमिरेट्समा आयोजना हुने जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन कोप २८ मा नेपालले जलवायु परिवर्तनको कारण भोगेको असर त्यसको प्रभावबारे जलवायु न्यायका लागि नेपाललाई मद्दत पुग्ने भट्टराईको भनाई छ । 
उनले भने,‘जुन कोप २८ हुँदैछ । त्यसमा नेपालले जलवायु न्यायको लागि दाबी गर्दैछ । त्यसमा महासचिव गुटेरसले नेपालले भोगेको जलवायु असर सत्य हो र नेपालले न्याय पाउनुपर्छ भनिदिँदा सबैलाई सन्देश जानेभयो । जलवायु न्यायको बारेमा नेपालले हक माग्दा त्यसमा विश्का सबै राष्ट्र संवेदनशील होलान्र उनीहरुको नेपालप्रति ध्यानाकर्षण होला । महासचिवको भ्रमण र प्रत्यक्ष अवलोकनले नेपाललाई न्याय दिलाउन हाइलाइट गर्छ । नेपालको लागि यो राम्रो हो ।’

प्रकाशित मिति: मंगलबार, कात्तिक १४, २०८०  २१:४६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार