आज पनि मान्यजनबाट टीका लगाइँदै 

शुक्रबार, कात्तिक १०, २०८०

काठमाडौँ । विजया दशमी (टीका) को दिनदेखि सुरु भएको टीका थाप्ने क्रम आज चौथो दिन पनि जारी छ। घटस्थापनादेखि नौ दिनसम्म पूजा आराधना गरी विजयादशमीका दिन देवी विसर्जन गरेपछि सुरु भएको प्रसाद लगाउने र मान्यजनबाट आशीर्वाद लिने क्रम कोजाग्रत पूर्णिमाको दिनसम्म जारी रहन्छ।  
विजयादशमीको दिन टिका र प्रसाद ग्रहण गर्न नभ्याएकाहरू आजपनि मान्यजनबाट टिका र प्रसाद ग्रहण गरिरहेका छन्।
विजयादशमीको दिनदेखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रुपमा टीका र हरियो पहेँलो जमरा ग्रहण गर्ने गरिन्छ। घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतिकको रुप मानेर लगाउने परम्परा रहेको छ।
टिका लगाउनेहरू सडकमा हिँडडुल गरेसँगै काठमाडौँ उपत्यकामा चहलपहल बढ्न थालेको छ। काठमाडौैँ उपत्यकाबाट गाउँ गएकाहरू पनि विस्तारै काठमाडौँ फर्किन थालेकाले पनि बजार र सडकमा भिडभाड देखिन थालेको छ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक १०, २०८०  ०६:२६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार