हिमालयन बैंक र इन्भेष्टमेण्ट बैंक एकापसमा गाभिँदै

बिहीबार, वैशाख ३०, २०७८

काठमाडौँ । नेपाल राष्ट्र बंैकको विलय तथा प्राप्ति (मर्जर एण्ड एक्वीजिसन) नीतिअनुसार नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटे र हिमालयन बैंक लिमिटेडबीच एकआपसमा गाभ्ने गाभिनेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएसँगै देशका यी ठूला  वाणिज्य बैंक एकापसमा गभिने भएका छन् । नेपालको वित्तीय क्षेत्रलाई सबल तथा सक्षम बनाउने उद्देश्यका साथ उक्त समझदारीपत्रमा नेपाल इन्भेष्टमेण्ट बैंकका तर्फबाट अध्यक्ष पृथ्वीबहादुर पाँडे तथा हिमालयन बैंकका तर्फबाट अध्यक्ष तुलसीप्रसाद गौतमले आज राजधानीमा आयोजित एक कार्यक्रममा  हस्ताक्षर गरे । दुवै बैंक एकाकार भएपछि बैंकको नाम “हिमालयन एण्ड नेपाल इन्भेष्टमेण्ट बैंक लि” हुने र सञ्चालक समितिको अध्यक्षको रूपमा  पाँडे तथा प्रमुख कार्यकारी अधिकृतको रूपमा  अशोक शमशेर राणा रहने सहमति भएको छ । त्यसैगरी गाभिएपछि गठन हुने  बैंकको सञ्चालक समितिमा दुवै बैंकको तर्फबाट ३÷३ जना सञ्चालक नियुक्त हुने तथा नयॉ सञ्चालक समितिले एकजना स्वतन्त्र सञ्चालकको नियुक्ति गरी जम्मा ७ जनाको सञ्चालक समिति हुनेछ । हाल नेपाल इन्भेष्टमेण्ट बैंकको चुक्ता पू‘जी रु.१६.२६ अर्ब तथा हिमालयन बैंकको चुक्ता पू‘जी रु. १०.६८ अर्ब रहेकोमा दुवै बैंक एक भएपछि बैंकको चुक्ता पू‘जी रु.२६.९४ अर्ब हुनेछ ।
 

प्रकाशित मिति: बिहीबार, वैशाख ३०, २०७८  २२:४८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार