मालश्री वा मालाश्री धुनबारे जुगल डङ्गोल यसो भन्छन् (भिडियो)

सोमबार, कात्तिक ६, २०८०

काठमाडौं । नौरथा सुरु भएकै दिनदेखि बज्नथाल्ने धुनका बारेमा धेरैलाई जानकारी नहुन पनि सक्छ । सानैदेखि सुनिँदैआएको यो कर्णप्रिय धुन जसलाई मालश्री वा मालाश्री धुन भनिन्छ । यो धुन कानमा पर्ने बित्तिकै जोकसैलाई लाग्छ अब दशैं लागेछ । दशैंको समयमा देशभरजसो गुञ्जिने मालश्री धुनलाई मौलिक नेपाली लोक धुन मानिन्छ । मालश्रीको सम्बन्ध शरद ऋतुसँग पनि भएको विज्ञहरु बताउँछन् । समय र संगीतको गहिरो सम्बन्ध हुन्छ भन्ने मान्यता रहेको नेपाली संगीत क्षेत्रमा बाह्रै मासअनुसारका संगीत प्रशस्तै पाइन्छन् । तिनै मध्ये एक मालश्री धुन दशैंको समयमा गुञ्जिने गर्दछ। मालाश्री धुनबारे जुगल डंगोल यसो भन्छन् । 

प्रकाशित मिति: सोमबार, कात्तिक ६, २०८०  ०९:१३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार