राष्ट्रिय एकतार सद्भावलाई सुदृढ गर्नु सबैको साझादायित्वहो : प्रधानमन्त्री दाहाल

शनिबार, कात्तिक ४, २०८०

काठमाडौं । प्रधानमन्त्रीपुष्पकमलदाहाल प्रचण्डले विजयादशमीको उपलक्ष्यमा स्वदेश तथाविदेशमा रहेका सम्पूर्ण नेपालीमासुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु, समृद्धि एवं निरन्तर प्रगतिको शुभकामनाव्यक्तगरेका छन् । 
आजशनिबार फूलपातीकादिनशुभकामना सन्देश जारी गर्दै उनले नेपाली विशिष्टता र मौलिकताको सम्वर्धन एवं विकास गरेर ज्ञानविज्ञान, सभ्यता र संस्कृतिको क्षेत्रमानयाँपहललिन सक्ने भन्दै यसको जगेर्ना गर्दै राष्ट्रिय एकता र सद्भावलाई सुदृढ गर्नु सबैको साझादायित्वभएको उल्लेख गरेका छन् । 
विविधतासहितको एकतामाआधारित हाम्रो समाज र संस्कृति संसारकै निम्ति अनुकरणीय र प्रेरणादायी छ। यसको जगेर्ना गर्दै बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिकएवं बहुधार्मिक विशेषतामाआधारित देश, समाज र संस्कृतिलाई थप समुन्नततुल्याई राष्ट्रिय एकता र सद्भावलाई सुदृढ गर्नु हामी सबैको साझादायित्वहो। 


मौलिकपर्वहरूभित्र रहेका सकारात्मक र मानवीयजीवनमूल्यका संस्कार र प्रवृत्तिको संरक्षण गर्दै त्यसभित्र रहेका रूढीवाद, अन्धविश्वासलाई समयानुकूल परिवर्तन गर्न प्रतिबद्ध रहेको पनिबताए । 
लामो संघर्ष र बलिदानपछि प्राप्तउपलब्धिहरूको रक्षा, लोकतान्त्रिक गणतन्त्रको संस्थागतविकास र जनताका अपेक्षाहरू पूरा गर्नुपर्ने ठूलो चुनौतीभएको भन्दैदेशलाई समृद्धितर्फ लैजान सकारात्मक र सिर्जनात्मक सोचको विकास हुन जरुरी भएको बताए ।
सुशासन र सामाजिकन्यायकोप्रत्याभूतिसहित समृद्धिको दिशामा देशलाई अघि बढाउन एवं जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउनसरकार क्रियाशील रहेको भन्दै सरकारको यो प्रयासमा सम्पूर्ण जनताको ऐक्यवद्धतामहत्वपूर्ण भएको बताए ।

प्रकाशित मिति: शनिबार, कात्तिक ४, २०८०  ११:४३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार