ऐरावत टोलको शुभकामनामा टोलवासीले महानगर उपप्रमुखलाई अवतग गराए खानेपानी र बाटोको समस्या(भिडियो)

शुक्रबार, कात्तिक ३, २०८०

ललितपुर । ललितपुर महानगरपालिका २३ नं वडा अन्तर्गतको ऐरावत टोल सुधार समितिले शुक्रबार विजया दशमी, शुभ दिपावली, नेपाल सम्बत ११४४ तथा छठ पर्वको अवसर पारेर चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको छ । 
महानगर उपप्रमुख मञ्जली शाक्य बज्राचार्यलाई प्रमुख अतिथि बनाएर टोल सुधार समितिले चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रम गरेको हो । कार्यक्रममा वडा नं २३ का वडा अध्यक्ष जीवन महर्जन तथा वडा सदस्य राजनमल्ल ठकुरीसहित टोल सुधार समितिका पदाधिकारी, स्थानीय बासीहरूको सहभागिता रहेको थियो । 

viber_image_2023-10-20_18-19-20-0231697808989.jpg
शुभकामना आदान प्रदान कार्यक्रममा महानगर उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले आउदै गरेको चाडपर्वका अवसरमा टोलवासीलाई शुभकामना दिँदै टोललाई सुविधा सम्पन्न बनाउनेतर्फ आफूहरू क्रियाशील भइरहेको बताइन् । 
महानगरपालिका वडा नं २३ को यो टोलमा खानेपानीको समस्या छ उनले भनिन्, ‘मेलम्ची खानेपानी आयोजनाको पानी वितरण गर्ने विषयमा सम्बन्धित निकायसँग छलफल भइरहेको छ ।’ २३ नं वडामा पानीको समस्या छ १–२ वटा बाटोको पनि समस्या छ उनले भनिन्, बाटोको समस्या पटक पटक ठेक्का रद्द भएकाले समस्या आएको हो ।’

viber_image_2023-10-20_18-19-30-0531697808991.jpg
२ महिना यता म आर्फै योजनाहरूको अनुगमन गरिरहेको छु उनले भनिन यहाँको समस्या पनि महानगरलाई थाहा छ टोल वडा बनाउन महानगर तत्पर छ । 
कार्यक्रममा शुभकामना मन्तव्य राख्दै वडा नं २३ का वडाअध्यक्ष जीवन महर्जनले आफ्नो वडाले अहिले ज्येष्ठ नागरिकलाई महत्व दिएर विशेष कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिँदै हिजो मात्रै ६८ वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकलाई सुगर र प्रेसरको औषधि निःशुल्क वितरण गरेको बताए । 
ऐरावत टोलमा खानेपानीको समस्या छ उनले भने, टोलमा जनसंख्याको बृद्धिसँगै यो समस्या आएको हो । यो समस्या कसरी समाधान गर्न सकिन्छ भनेर वडा कार्यालयले छलफल तथा योजना बनाइरहेको बताए । 

viber_image_2023-10-20_18-19-28-1281697808995.jpg
कार्यक्रममा वडा सदस्य राजनमल्ल ठकुरीले दशैं, तिहार तथा छठ पर्वका अवसरमा टोलवासीलाई शुभकामना दिँदै वडाले विकास निर्माणका कार्यलाई तदारुकतासाथ अगाडि बढाइरहेको जानकारी दिए । 
ऐरावत टोल सुधार समिति  अध्यक्ष अर्जुन चौलागाईले टोलमा सार्वजनिक जग्गा संरक्षणका लागि वडा कार्यालयले हालै लिएको पहल कदमीलाई धन्यवाद दिँदै खानेपानी समस्या समाधानतर्फ ध्यानाकर्षण गराएका थिए । कार्यक्रममा टोल विकास समितिका उपाध्यक्ष सुरेश पौडेल, महिला उपाध्यक्ष नारायणी  चौलागाई, सचिव किरण नेपाल कोषाध्यक्ष पुरन मल्लसहित पदाधकारीको पनि उपस्थिति रहेको थियो । 

प्रकाशित मिति: शुक्रबार, कात्तिक ३, २०८०  १९:१९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार