सामाजिक सञ्जालका सूचना सुरक्षाका लागि चुनौति : केन्द्रीय प्रहरी प्रवक्ता कडायत    

चाडबाडमा ५० हजार ५ सय भन्दाबढी सुरक्षाकर्मी फिल्डमा  
सोमबार, असोज २९, २०८०

काठमाडौं । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले, दसैंमा सामाजिक सञ्जालमार्फत दिइने व्यक्तिगत जानकारीले सुरक्षा चुनौति बढेको बताएका छन् ।  नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले, आम नागरिकले प्रयोग गर्ने डिजिटल प्रविधि र त्यसमार्फत जानअन्जानमा हुने निजी सूचनाको सार्वजनिकरणले प्रहरीलाई सुरक्षा चुनौति बढेको बताएका हुन् ।  चाडपर्वको समयमा चोरी, डकैतीलगायतका विभिन्न आपराधीक घटनाहरु हुने गरेको र पछिल्लो समय त्यस्ता घटनामा डिजिटल प्रविधिमार्फत जानअन्जानमा हुने सूचनाको सार्वजनिकरणको मुख्य भूमिका रहेको प्रवक्ता कडायतले बताए । 
उनले भने, ‘पछिल्लो समय जसरी हामीले डिजिटल प्लेटफर्मको प्रयोग गरिरहेका छौं त्यो हामीलाई बढी चुनौति हो । लापर्वाही पनि होला वा जानेर या अनजानमा हामी आफ्नो बारेमा सबै सूचना अरुलाई दिन्छौँ । जस्तो कि फेसबुकमा लाइभ गरेर म दुई हप्ताको लागि शहर छाड्दै छु भनेर जानकारी दिन्छौं । यो केही समय अगाडिको घटना नै पनि हो त्यसपछि घरमा चोरी भएको घटनाहरु छन्, यस्ता किसिमका चुनौतिहरु हुन्छ ।’

Kuber Kadayat1697417664.jpg
नेपालीहरूको ठूलापर्व दसैँ, तिहार, छठलगायतका पर्व नजिकिँदै जाँदा प्रहरीले देशैभरको सुरक्षा व्यवस्था कडा गर्न लागेको कडायतले जानकारी दिए । 
देशैभर हुने विविध आपराधिक गतिविधिलाई मध्यनजर गरी त्यसलाई न्यूनिकरण गर्न तथा सुरक्षा प्रदान गर्नका लागि लक्षित गरी सुरक्षा योजना २०८० नै ल्याएर त्यसलाई कार्यान्वयन गरिरहेको उनले बताए । 
उक्त सुरक्षा योजनाअन्र्तगत मुख्यगरी नागरिकको सुरक्षा गरी चाडपर्वको बेला हुने आवतजावतलाई सुरक्षित बनाउने, बैंक तथा वित्तिय संस्थाको कारोवार सुरक्षित पार्ने तथा कालोबजारी र बजारमा देखिने कृतिम अभावलाई न्यूनिकरण र नियन्त्रण गर्न सहयोग गर्ने लगायतका कार्यहरु गर्ने बताए ।  चाडबाडमा आम नागरिकको सुरक्षाका लागि  ५० हजार ५ सय ३० जना सुरक्षाकर्मी फिल्डमा खट्ने उनले जानकारी दिए ।  
‘हामीले विशेषगरी दसैँ, दिपावली, नेपाल सम्वत र छटसम्मको लागि भनेर ‘सुरक्षा योजना २०८०’ भनेर कार्यान्वयनमा ल्याईसकेका छौ । आम नागरिकको सुरक्षा गर्दै पर्वको समयमा हुने आवतजावतलाई सुरक्षित बनाउने, बैंक तथा वित्तिय संस्थाका कारोवारलाई सुरक्षित गराउने,चोरी तस्करी, दुर्घटना, कृतिम अभाव र कालोबजारी जस्ता कुराहरूलाई कसरी न्यूनिकरण गर्न सकिन्छ भन्ने कुरालाई ख्याल राखेर सुरक्षा योजना बनाएका हौं । त्यसका लागि नेपाल प्रहरीले ५० हजार ५ सय ३० जना प्रहरी कर्मचारीहरु फिल्डमा खटिएर योजना कार्यन्वयन गर्छन,’ कडायतले भने । 
उनले पर्वको समयमा उपत्यकाको सुरक्षा व्यवस्थापनमा प्रहरी विशेष रुपले सजग रहेको बताए । 
कडायतका अनुसार प्रहरीले दसैँमा हुने उपत्यकाको ट्राफिक जामलाई व्यवस्थित गर्न तथा बाहिर जाने बसहरुमा हुने दुर्घटना न्यूनिकरण कागि विविध जनचेतनामूलक कार्य सञ्चालन गर्दै आएको छ । कडायतले टाढा जाने सवारी चालकले ट्राफिक नियम पालना नगर्दा विगतमा ठूला दुद्र्धटना भएको भन्दै त्यसलाई न्यूनिकरण गर्न चालकले लापसे र मापसे सेवन गरे नगरेको, क्षमता भन्दा बढी यात्रु राखे नराखेको जस्ता  कुरा निगरानी गर्न नागरिक जागरुकता आवश्यक भएकोले सो पक्षमा जनचेतनामूलक कार्यक्रम र नागरिक सहायता कक्ष सञ्चालन गरीरहेको छ । 
उपत्यकाका बसपार्क लगायतका भिडभाड बढी हुने क्षेत्रको सुरक्षाका लागि समेत प्रहरीले विशेष सुरक्षा योजना अन्र्तगत नै नविनतम प्रविधिको निगरानीमा सुरक्षा व्यवस्था चुस्त पारेको कडायतले बताए । 

प्रकाशित मिति: सोमबार, असोज २९, २०८०  ०६:३८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार