५० प्रतिशत मूल्य अनुदानमा महालक्ष्मी नगरपालिकाका किसानलाई गहुँको उन्नत बीउ वितरण 

मंगलबार, असोज २३, २०८०

ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिकाले वडा नं ६, ७, ८, ९ र १० का किसानलाई अनुदानमा गहुँको उन्नत बीउ उपलब्ध गराएको छ । 
नगरपालिकाको कृषि विकास शाखाको अगुवाईमा ५० प्रतिशत मूल्य अनुदानमा wk १२०४ जातको उन्नत गहुँको बीउ उपलव्ध गराइएको वडा नं ९ का वडा अध्यक्ष जयकृष्ण बोगटीले जानकारी दिए । 

387577040_870729194240582_5969792894011272546_n1696904693.jpg
हिजो सोमबार ८५ जना किसानलाई वडाअध्यक्ष बोगटीको संयोजकत्वमा २२० केजी बीउ वितरण गरिएको थियो । बीउ वितरण कार्यक्रम आज पनि जारी रहने नगरपालिकाका कृषि विकास शाखा प्रमुख टंक अधिकारीले जानकारी दिए । 

387415805_696909715361948_5335995172857921095_n1696904684.jpg

387520958_6773636052724453_8405598452804744210_n1696904684.jpg

प्रकाशित मिति: मंगलबार, असोज २३, २०८०  ०८:०८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार