महालक्ष्मी नगरपालिकाले दियो कृषकलाई सहुलियतमा कृषि सामग्री

सोमबार, असोज १५, २०८०

ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिकाले किसानहरूलाई सहुलियतमा कृषि सामग्री उपलब्ध गराएको छ । 
आर्थिक वर्ष ०८०–०८१ को प्रथमक चौमासिक कार्यक्रममार्फत महालक्ष्मी नगरपालिका कृषि शाखाको अगुवाईमा किसानलाई सहुलियतमा ती सामग्री उपलव्ध गराइएको हो । 
महालक्ष्मी नगरपालिका ९ नं. वडा कार्यालय लामाटारमा हालै आयोजित कार्यक्रममा नगर प्रमुख हरिगोविन्द श्रेष्ठसहितका जनप्रतिनिधिहरूले किसानहरूलाई सहुलियतमा उपलब्ध गराइएको कृषि सामग्री प्रदान गरेका हुन् । 
किसानलाई सहुलियतमा कृषि सामग्री उपलब्ध गराउने कार्यक्रमको सभापतित्व ९ नं. वडाका वडाअध्यक्ष जयकृष्ण बोगटीले गरेका थिए । 

ja@@ya1696201100.jpg
नगरपालिकाको कषि शाखा प्रमुख टंक अधिकारीले सञ्चालन गरेको कार्यक्रममा ८ नं वडाका वडाअध्यक्ष विश्वराज श्रेष्ठ अतिथि, वडा नं ८ र वडा नं ९ का जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो । नगर प्रमुख श्रेष्ठसहितका जनप्रतिनिधिहरूले किसानलाई ती सामग्री हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा २२ जना किसानलाई स्प्रे, २३ जना किसानलाई पम्प, ९५ जना किसानलाई २५००–३००० केजी गहुँको बीउ, ८३ जना किसानलाई हाइब्रिड तरकारीको बीउ, १७३ जना किसानलाई ६०० सेट तरकारी सिडकिट, ८५ जना किसानलाई टनेल प्लास्टिक १ सय थान, ११ जना किसानलाई २९ थान  च्याउको प्लास्टिक उपलब्ध गराइएको छ । 
५० प्रतिशत मूल्य किसान तथा नगरपालिकाको ५० प्रतिशत (फिप्टी–फिप्टी) को अवधारण अनुसार लागत साझेदारीमा ती सामग्री किसानहरूलाई उपलव्ध गराइएको हो । 

jayak1696201120.jpg

लागत साझेदारीमा उपलव्ध गराइएको कृषि सामग्री हन्तान्तरण समारोहमा नगरप्रमुख हरिगोविन्द महर्जनले नगरपालिकाले ५० प्रतिशतमा अनुदानमा कृषि सामग्री वितरण गर्नुको प्रमुख उद्देश्य बढी भन्दा बढी किसानलाई उत्पादनमा सहभागी गराउनु रहेको बताए ।

कार्यक्रममा वडा नं ८ का वडा अध्यक्ष विश्वराज श्रेष्ठले नगरपालिकाले सहुलियतमा उपलव्ध गराएको कृषि सामग्रीको सदुपयोगमा ध्यान दिन किसानहरुलाई आह्वान गरे । 
कार्यक्रमका सभापति एवम् ९ नं वडाका  वडाअध्यक्ष जयकृष्ण बोगटीले बिसादिरहित अर्गानिक तरकारी उत्पादनमा जोड दिन किसानहरुलाई आह्वान गरे । 

jay1696201112.jpg

jayakrish1696201136.jpg

jayakr1696201130.jpg

प्रकाशित मिति: सोमबार, असोज १५, २०८०  ०४:४२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार