रूसी विद्यालयमा गोली चल्दा बालबालिकासहित ११ को मृत्यु

बुधबार, वैशाख २९, २०७८
Global Ime Bank

कजान । रसियाको काजमको एउटा विद्यालयमा मंगलबार एक समूहले गोली चलाउँदा कम्तिमा ११ जनाको मृत्यु भएको छ ।  रूसी समाचार संस्था स्पुत्निकका अनुसार आक्रमण रूसको दक्षिण पश्चिम क्षेत्रमा रहेको काजान शहरस्थित एक विद्यालयमा भएको थियो । ‘पछिल्लो जानकारीका अनुसार काजानको विद्यालय भित्र गोली चल्दा बालबालिकासहित कम्तीमा ११ जनाको मृत्यु भएको छ । मृत्यु हुनमध्ये दुई बालकको गोली चलेपछि भवनको तेस्रो तलाको झ्यालबाट हामफाली ज्यान जोगाउन खोज्दा मृत्यु भएको हो भने अन्य व्यक्तिको गोली लागी मृत्यु भएको छ’, आपतकालीन सेवा हेर्ने रूसी संस्थाका प्रवक्ताले बताए । विद्यालयको परिसरमा भएको आक्रमणबारे छानबिन सुरू भइसकेको र थप जानकारी छानबीनपछि आउने उनले बताए ।– एएनआई  
 

प्रकाशित मिति: बुधबार, वैशाख २९, २०७८  ०९:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार