राष्ट्रपति पौडेल आज जनकपुरधाम जाँदै

सोमबार, असोज ८, २०८०

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज जनकपुरधामस्थित जानकी मन्दिर जाँदैछन् ।
यसअघि स्थगित भएको कार्यक्रमलाई निरन्तरता दिंदै राष्ट्रपति पौडेल जानकी मन्दिर दर्शनका लागि जनकपुर जान लागेका हुन् ।
जानकी मन्दिर दर्शनपछि राष्ट्रपति पौडेलले जनकपुरधामस्थित महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्रको समुद्घाटन गर्ने कार्यक्रम समेत रहेको छ ।
राष्ट्रपति पौडेल नेपाली सेनाको हवाईजहाजबाट बिहान पौने ९ बजे जनकपुर विमानस्थल पुग्ने कार्यक्रम रहेको छ ।
जनकपुर विमानस्थलमा राष्ट्रपति पौडेललाई मधेस प्रदेश प्रमुख हरिशङ्कर मिश्र, मुख्यमन्त्री सरोज यादव, पूर्वउपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि, सङ्घीय सांसद, नगरप्रमुख तथा सुरक्षा निकायका प्रमुखले स्वागत गर्ने छन् ।

प्रकाशित मिति: सोमबार, असोज ८, २०८०  ०८:१०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार