चीन भ्रमणबारे प्रधानमन्त्रीलाई रास्वपाले बुझायो ज्ञापनपत्र, कृषि क्षेत्रलाई प्राथमिकतामा राख्न सुझाव (भिडियो)

शुक्रबार, भदौ २९, २०८०

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले, आसन्न चीन भ्रमणका क्रममा कृषिक्षेत्रलाई प्राथमिकतामा राख्न सुझाव दिएको छ । 
उद्योगमन्त्री मार्फत शुक्रबार प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै रास्वपा सांसदहरुले कृषि क्षेत्रलाई आत्मनिर्भरमुखी मात्र नभई उद्योग क्षेत्रसँग जोड्ने हो भने खाद्य सुरक्षा र व्यापारिक क्षमता विकास हुने भन्दै त्यसतर्फ ध्यान दिन प्रधानमन्त्रीलाई आग्रह गरेका छन् ।

Photo (2) (4)1694768321.jpg
उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री रमेश रिजाललाई ज्ञापन पत्र बुझाएपछि सो पार्टीका नेता सांसद गणेश पराजुलीले, भने, ‘हामीले चीनबाट आवश्यक सहयोगहरु प्राप्त गर्न सकेका छैनौ, अहिले देशमा सबैभन्दा सम्भावना भएको भनेको कृषि हो कृषि क्षेत्रलाई आत्मनिर्भरमुखी कृषिमा मात्र केन्द्रीत नगरिकन यसलाई उद्योग क्षेत्रसँग जोड्ने गरी काम गर्ने हो भने खाद्य सुरक्षा पनि निमार्ण गर्न सक्छौ, व्यापारिक क्षमता विकास गर्न सक्छौ । यो विषयलाई जोडेर हामीले चीनको भ्रमणमा प्रधानमन्त्रीले यी साना साना विषयलाई जोड दिनुपर्छ भन्ने सुझाव दिएका छौ । ’

Photo (1) (7)1694768328.jpg
प्रधानमन्त्रीले चीन भ्रमणबारे समिति र संसदबाट सुझाव लिएको नदेखिएपछि उद्योग मन्त्री मार्फत प्रधानमन्त्रीलाई सुझाव दिइएको उनको भनाई छ । 
त्यस्तै उनले राष्ट्रको हितका लागि आफ्नो पार्टीले सधैँ रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने दाबी गरेका छन् । 
देश निमार्ण गर्ने प्रक्रियामा प्रतिपक्ष भएपनि सबैसँग हातेमालो गरेर राष्ट्रिय मुद्दालाई समाधान गर्ने पक्षमा आफ्नो पार्टी रहेको उनको जिकिर छ । 
पार्टीको उद्योग तथा वाणिज्य विभाग प्रमुख समेत रहेका पराजुलीले भने, ‘हामी प्रतिपक्ष हुदैँ गर्दा सधैँ रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्छौ र यो देश निमार्ण गर्ने प्रक्रियामा हामी सधैँ सबैसँग हातेमालो गरेर राष्ट्रिय मुद्दाहरुमा एक भएर समाधान गर्ने पक्षमा छौ । ’

Ganesh Parajuli 1694768330.jpg

प्रकाशित मिति: शुक्रबार, भदौ २९, २०८०  १४:४२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार