वडावासीलाई निरोगी बनाउन योग सिकाउँदै ललितपुर २३ नंं.वडा( भिडियाे)

शनिबार, भदौ २३, २०८०

 ललितपुर । ललितपुर महानगरपालिका २३ नं वडा कार्यालयले वडावासीलाई निरोगी बनाउन योग शिविर सुरु  गरेको छ । शनिवारदेखि सुरु भएको योग शिविर  ललितपुर महानगरपालिका २३ नं. वडा अन्तर्गतको वडा स्वास्थ्य कार्यान्वयन समितिको आयोजनामा गरिएको हो । हात्तिवनस्थित ग्रेस फुटसलमा बिहान ५ बजेदेखि डेढ घन्टा योग शिविर संचालन गरिएको थियो । 

yoga 51694329322.jpg
पतञ्जलि योग समिति ललितपुर महानगरसँगको सहकार्यमा निःशुल्क योग शिविर सञ्चालन गरिएको वडाअध्यक्ष जीवन महर्जनले जानकारी दिनुभयो । 
महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर वडा कार्यालयले आयोजना गरेको योग शिविरको पहिलो दिन नै एक सय भन्दा  बढी वडावासी योग अभ्यासमा सहभागी भएको वडा सदस्य राजन मल्ल ठकुरीले बताउनुभयो ।
स्वास्थ्य तथा पोषण उपक्षेत्र अन्तर्गतका कार्यक्रमहरुमध्येबाट योग शिविर सञ्चालन गरिएको हो ।

Yoga 31694329302.jpg 
शिविरमा बालबालिका देखि ज्येष्ठ नागरिक सम्म सहभागी भएका थिए । वडा अध्यक्ष जीवन महर्जनले योग शिविर धेरै अघिदेखि संचालन गर्ने योजना बनाएको बताउँदै भन्नुभयो, ‘ धेरै अघिदेखि योग संचालन गर्ने भनेका थियौं,तर मिलेको थिएन, अब निरन्तर गर्छौ. ।’ उहाँले सम्पूर्ण वडावासीलाई योग शिविरमा सहभागी हुन अनुरोध गर्नुभयो । योग शिविरमा प्रशिक्षकका रुपमा सहभागी हुनु भएका योग प्रशिक्षक एमपी अधिकारीले सबै वडावासीलाई शिविरमा सहभागी भएर लाभ लिन आह्वान गर्नुभयो । 

प्रकाशित मिति: शनिबार, भदौ २३, २०८०  १९:५२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार