रिकोडद्वारा बुरुञ्चुलीका किसानलाई तरकारीको बिउबिजन वितरण

बुधबार, भदौ २०, २०८०

ललितपुर ।  ग्रामीण सामुदायिक संस्था विकास (रिकोड) ले हिजो गोदावरी नगरपालिका वडा नं ७ साविक देवीचौर गाविस वडा नं १ बुरुञ्चुलीमा २१ जना किसानलाई करेसाबारीमा लगाउनका लागि तरकारीको बिउबिजन वितरण गरेको छ । 
तरकारीको बिउ वितरण गर्दै गोदावरी नगरपालिका वडा नं ७ का अध्यक्ष मथुराप्रसाद शर्माले खाद्य सुरक्षा र पोषण सुधारका लागि रिकोडले यहाँका किसानलाई जागरुक बनाएको बताए । उनले रिकोड र यसमा कार्यरत सहजकर्ताको दिनहुँको प्रयासबाट केही सकारात्मक नतिजाहरू देखिन लागेको समेत उल्लेख गरे ।

devichaur (2)1693957692.jpg

रिकोडले देवीचौरमा सञ्चालन गरेको खाद्य सुरक्षा तथा पोषण सुधार परियोजना अन्तर्गत किसानलाई पोषणयुक्त खानेकुरामा अभ्यस्त गराउने उद्देश्यले बिउबिजन वितरण गरिएको रिकोडकी समुदाय सहजकर्ता गीता तिमल्सिनाले बताइन् ।   
रिकोडले ब्रो काउली, चुकन्दर, मुला, रायो, सलगम, प्याज, गाजर, पालुङ्गो, मेथी, केराउ, स्वीस सागऽ जिरीको सागलगायतका तरकारीको बिउ वितरण गरेको सहजकर्ता तिमल्सिनाले बताइन् ।

devichaur (4)1693957699.jpg
रिकोडमा कार्यरत जेटिए सुशीला नगरकोटीले करेसाबारी उपयोग र बिउबिजन लगाउँदा अपनाउनु पर्ने सावधानीका बारेमा तालिम दिएकी थिइन् ।  
रिकोडको संयोजनमा यसअघि लामीडाँडा, देउराली, सारङ्गीडाँडा, देवीचौर, छोटीडाँडा , बाबियोगाउँ, जौबारी, गहुँबारी, माथिल्लो बुरुञ्चुली र मोतीडाँडाका आमा समूहमा आबद्ध किसानलाई तरकारीका बिउ उपलब्ध गराएको समूहकी अध्यक्ष कान्छी वाइपाले बताइन् ।

devichaur (5)1693957692.jpg

कृषक रुपा तामाङले रिकोडले उपलब्ध गराएको तरकारीको बिउ करेसाबारीमा लगाउने बताउँदै आगामी दिनमा पोषणयुक्त र गाउँघरमै पाइने खानेकुरामा जोड दिने बताइन् । 

devichaur (3)1693957681.jpg

प्रकाशित मिति: बुधबार, भदौ २०, २०८०  ०५:३२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार