पेप्सीकोलामा ४ सवारीसाधन दुर्घटनामा,१० जना घाइते 

आइतबार, भदौ १७, २०८०

काठमाडौं । पेप्सीकोलाबाट जडिबुटीतर्फ जाँदै गरेको बस पल्टिदा कम्तीमा १० जना घाइते भएका छन् । 
आइतबार बिहान काठमाडौंको पेप्सिकोलामा गुडिरहेको बस पल्टँदा गुडिरहेको स्कुटर,बाइक र जिपमा समेत ठक्कर दिएको थियो । जसमा चारवटा सवारी एक आपसमा दुर्घटनामा परेका छन् । 
जसमा कम्तीमा १० जना घाइते भएको बताइएको छ । घाइतेमध्ये ७ जनालाई सिभिल अस्पताल बानेश्वर उपचारको लागि ल्याइएको महानगरीय प्रहरी प्रभाग काँडाघारीले जानकारी दिएको छ । सामान्य घाइते भएकालाई पेप्सीकोलाकै स्थानीय अस्पतालमा उपचारका लागि लगिएको छ । दुर्घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: आइतबार, भदौ १७, २०८०  १५:३७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार