एमसीसीको रूपमा नेपालमा नेटो प्रेवश गरेको एसमाजवादीका पोलिटव्यूरो सदस्य भावेश्वर पराजुलीको आरोप 

शनिबार, भदौ १६, २०८०

काठमाडौं । नेकपा एकीकृत समाजवादीका पोलिटव्यूरो सदस्य भावेश्वर पराजुलिले नेपालमा एमसीसीको प्रवेशपछि देशको झनै दुभाग्र्य सुरु हुने टिप्पणी गरेका छन् । काठमाडौंमा सामाजिक सांस्कृतिक अध्ययन मञ्चले शुक्रबार आयोजना गरेको कार्यक्रममा उनले साम्राज्यवाद र त्यस अन्तर्गतका नाटोलगायत संस्थाहरूको नीति नेपालकै दुर्दषाको रूपमा व्यहोर्नु परेको टिप्पणी गरे ।
उनले पछिल्लो समय नाटो एमसीसीको रूपमा नेपाल प्रवेश गरेको आरोप समेत लगाए । 
उनले भने, ‘नाटो स्थापनादेखि यहाँसम्म आईपुग्दा अमेरिकी साम्राज्यवाद र त्यसको नेतृत्व गर्ने अमेरिकाको निर्देशनमा र नीतिमा संघीय संगठन बनेको छ त्यसमा कतिपय देशलाई आवद्ध गराउँने र आवद्ध देशलाई कसैले छोयो भने एकसात हमाला गर्ने यसको मुख्य उद्देश्य रहेको छ ।’ 
नेपालमा जबरजस्त रुपमा साम्राज्यबादीहरू प्रवेश गरेको उनको भनाई छ । ‘साम्राज्यवादीहरू कतिपय देशमा जबरजस्त प्रवेश गरेको छ त्यसको अन्तरविरोध गर्ने विश्वभरीका कम्युनिष्टहरू मात्र हुन् । कतिपय साम्राज्यवादीहरूबीच पनि अन्तरविरोध छ । तर साम्राज्यवाद र त्यस अन्तर्गतका नाटोलगायत उनीहरूका नीति नेपालकै दुदर्षाको रुपमा व्यहोर्न परेको छ । जुन एमसीसीको रुपमा नेपालमा प्रवेश गरेको छ ।’
 

प्रकाशित मिति: शनिबार, भदौ १६, २०८०  ०६:४१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार