बागमतीमा र्‍याफ्टिङ हुने

बिहीबार, भदौ १४, २०८०

काठमाडौं । काठमाडौं जिल्ला समन्वय समितिले बागमतीमा र्‍याफ्टिङ कार्यक्रम हुने भएको छ । काठमाडौंमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा समितिले भदौ १६ गते बागमतीमा र्‍याफ्टिङ आयोजना गर्ने जानकारी दिएको हो ।
समिति प्रमुख सन्तोष बुढाथोकीले बागमती नदीलाई स्वच्छ राख्न र बागमती सभ्यतालाई जगाउनुका साथै समाजमा सकारात्मक सन्देश दिन बागमती नदीमा पहिलो पटक र्‍याफ्टिङ कार्यक्रमको आयोजना गर्न लागेको बताए ।

Photo (1)1693494471.jpg
उनले भने, ‘जिल्ला समन्वय समिति काठमाडौंले वागमती नदीलाई स्वच्छ राख्न र बागमती सभ्यतालाई जगाउनुका साथै समाजमा सकारात्मक सन्देश दिन बागमती नदीमा पहिलो पटक र्‍याफ्टिङ कार्यक्रमको आयोजना गर्न लागेको छौं । ’
र्‍याफ्टिङ शनिबार बिहान ७ः३० देखि सुन्दरीजलबाट सुरु भई बेलुका ५ बजे चोभारमा समापन गर्ने कार्यक्रम रहेको छ ।

Photo (10)1693494477.jpg

प्रकाशित मिति: बिहीबार, भदौ १४, २०८०  २०:५२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार