काठमाडौंमा सडक अधिकार र स्वच्छ वायुका लागि नागरिक भेला हुने

बिहीबार, भदौ १४, २०८०

काठमाडौं । मोटरेबल सवारी साधनका कारण मानव जीवनमा परेको क्षतिबारे जनचेतना जगाउने उद्देश्यले काठमाडौंमा सडक अधिकार र स्वच्छ वायुको लागि नागरिक भेला हुने भएको छ ।
काठमाडौंमा बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दै नेपाल साइकल सोसाइटी र इस्पाइनल कर्ड इन्जुरी नेटवर्कले साईकलयात्री, पैदलयात्री र अपाङ्गता भएका व्यक्तिहरूको सुरक्षित यात्रा गर्ने अधिकार स्थापित गराउने हेतुले नागरिक भेला गर्ने घोषणा गरेको हो ।
पत्रकार सम्मेलनमार्फत नेपाल साइकल सोसाईटीका अध्यक्ष रत्न श्रेष्ठले सबै नागरिकका लागि सडक सुरक्षित बनाउनुपर्ने तथा साइकल, ह्वीलचियर र पैदलयात्रीको सुरक्षित यात्राका लागि पुर्वाधार बनाउन सरकारलाई दवाब दिन लागेको बताए ।
श्रेष्ठले भने, ‘कार्यक्रम भदौ १६ गते शनिबार बिहान साँढे ७ बजेदेखि साँढे ९ बजेसम्म माईतीघर मण्डलामा आयोजना हुनेछ । कार्यक्रममा विभिन्न कला र सडक नाटक प्रस्तुत गरिने छ ।’
मानवमैत्री संरचनाको अभावले कोही नागरिकको स्वतन्त्र आवागमनमा अवरोध हुनु मानव अधिकारको हनन् भएको बताउँदै उनले मानवमैत्री सडक तथा फुटपाथ आजको आवश्यकता रहेको उल्लेख गरेका छन् ।
‘सवारी साधनबाट निस्किने धुँवाबाट सहरहरु आक्रान्त भएको बताउँदैे सहरभित्रका राजमार्ग (चक्रपथलगायत) र प्रादेशिक सडक सबै “नेपाल सहरी सडक मापदण्ड २०७६” अन्तर्गत रूपान्तरण गर्न आवश्यक रहेको छ ।’
नागरिक भेलाले साइकल, ह्वीलचियर र पैदलयात्रीको सुरक्षित यात्राका लागि पुर्वाधार बनाउन बजेट र योजनाका लागि सरकारलाई दवाब दिने उनले बताए ।
वल्र्ड साइक्लिस्ट क्लब नेपालका अध्यक्ष कपिल शाहीले, नागरिक भेला नितान्त वातावरण, दुर्घटना र स्वास्थ्यसँग सम्बन्धित रहेको बताए । सहरी क्षेत्रमा सडक स्टाण्डर्ड बनाएर सडक बनाइनुपर्ने, निर्माणाधीन कलङ्की–चावहिल सडक खण्ड फुटपाथ र ह्वीलचेयर प्रयोगकर्ताहरुलाई समेत सहज हुने गरी साईल लेन समेतको व्यवस्था गरिनु पर्ने तथा सरकारले वातावरणलाई संरक्षण गर्न विद्युतीय सवारीमा सहुलियत दिनुपर्ने लगायतको माग राखेर दबाब दिन लागेका हुन् ।
तत्काल शहर भित्रका राजमार्ग चक्रपथलगायत र प्रादेशिक सड़क सबै “नेपाल सहरी सडक मापदण्ड २०७६“ अन्तर्गत रुपान्तरण गर्न उनीहरूको माग छ ।

 

प्रकाशित मिति: बिहीबार, भदौ १४, २०८०  २०:४५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार