राजनीति भनेको फुलको ओछ्यानमा सुतेको जस्तो हुँदैन :  मन्त्री किराती 

बिहीबार, भदौ १४, २०८०

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले राजनीति भनेको फुलको ओछ्यानमा सुतेको र फुलको बाटोमा हिँडेको जस्तो सजिलो नभएको तर्क गरेका छन् ।  नेपाल पर्वतारोहण संघको ३३ औँ वार्षिक साधारण सभा कार्यक्रममा उनले सरकारले गरेको राम्रो कामको उदाहरण दिँदै उनले आफुहरु काडाँको बाटोमा हिडिरेको तर्क गरे । 
‘राजनीति भनेको फुलको ओछ्यानमा सुत्नु हैन तरवारको धारमा आगो ज्वालामा पस्ने शाहस गर्ने मान्छेले मात्र राजनीतिमा लाग्छ । फुलको बाटो हामी हिडिरहेका छैनौं । काँडाको बाटो हिँडिरहेका छौं’ उनले भने । 
उनले पर्यटनको क्षेत्र सबैको लागि प्राथमीकताको विषय भएको बताएका छन् । पर्यटन ऐनहरु सुधार्न आवश्यक भएको र त्यो बाटोमा आफुहर लागेको उनको भनाइ छ । 
‘हामीले व्यवस्था बदल्यौं । व्यवस्था बदल्न जस्तै कठिन रहेछ अवस्था बदल्नु । अहिले हामी कम्मर कसेर लागेका छौं’ उनले भने, ‘देश र जनताको सेवा गर्न र समृद्ध नेपाल निमार्णको लागि भ्रष्टचारको जरालाई फाल्न आवश्यक छ ।’

प्रकाशित मिति: बिहीबार, भदौ १४, २०८०  १५:५८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार